काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ ।
कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिए...