काठमाडौं उपत्यकामा जोरबिजोर लागू, यातायात व्यवसायी असन्तुष्ट

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले यो निर्णय गरेको थियो । तर, यातायातमा जोरबिजोर गर्दा झन् भिडभाड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने कतिपयको भनाइ छ । ०००० यातायात व्यवसायीहरुले स...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

विद्रोह यातायात मजदूरको [फोटोफिचरसहित]

यातायात व्यवसायी तथा मजदूरहरुले राजधानीमा विद्रोह गरेका छन् । उनीहरुले ट्राफिक नियमको विरोध गर्दै मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

व्यवसायीहरूले मंगलबारदेखि काठमाडौंमा सार्वजनिक यातायात नचलाउने

यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

व्यवसायीहरूले मंगलबारदेखि काठमाडौंमा सार्वजनिक यातायात नचलाउने

यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

अनिवार्य मास्कको प्रयोग गराउन ट्राफिक प्रहरीद्वारा सचेतना अभियान सुरु

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको...

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमवारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी मंगलवारदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारीसाधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषे...

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीमा बढी यात्रु नराख्ने सहमति

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीमा सीटभन्दा बढी यात्रु नचढाउने यातायात व्यवसायीले सहमति जनाएका छन् । उपत्यकामा यातायात सेवा दिने ३२ वटा कम्पनी, मजदुर र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वसाधारणलाई सास्तीबिना सेवा दिने प्रतिबद्धता जनाएका हुन् । सिटभन्दा तेब्बर यात्रु कोच्दा सर्वसाधारण सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।