जनकपुरधाम : नेकपा माओवादी केन्द्रबाट निष्कासित तीन नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। अर्को पार्टीमा लागेको आरोपमा प्रदेश २ का तीन सांसदलाई साधारण सदस्यसमेत नरहने गरी माओवादीले कारबाही गरेको थियो। पार्टीको कारबाहीपश्चात पद गुमाएका प्रदेश सांसदहरू कुन्दन प्रसाद कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समीरको रिट निवेदन अदालतले खारेज गरिदिएको हो। तीनै जनाले सांसद पद जोगाउन नेकपा एमालेमा गएर पनि माओवादी केन्द्रमै रहेको दाबी गरी जेठ १३ गते सर्वोच्च अदालतमा रिट दि