भोजपुर – नेकपा एमालेसँग तालमेल गरेका तीन जना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ ।माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकाका तीन नेतालाई आज मङ्गलवारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो । निष्कासित हुनेमा भोजपुर नगरपालिका–११ आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका–९ का शेखर तामाङ र षडानन्द नगरपालिका–१३ का ओमकुमार श्रेष्ठ रहेका छन् ।प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टीकाे नीति, निर्णय र निर्देशन विपरीत...