लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो फेरि फैलिन थाल्याे

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगाे फेरि फैलिन सुरु भएको छ । गएराति  आफैँ नियन्त्रणमा आएको आगाे हावाका कारण अहिले फेरि फैलिन सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङमा रहेकाे हरियाली सामुदायिक वनमा आइतवार बेलुकादेखि सुरु भएको डढेलो शीतका कारण सोमवार राति आफैँ नियन्त्रणमा आएको थियो । तीव्र गतिको हावाको वेगका कारण स्थानीयवासी...

सम्बन्धित सामग्री

विश्वका ६ हेर्नैपर्ने विमानस्थलको सूचीमा लुक्ला तेस्रो स्थानमा

काठमाडौं : विश्वका ६ हेर्नैपर्ने विमानस्थलको सूचीमा मा नेपालको तेन्जिङ–हिलारी विमानस्थल पनि परेको छ।  उड्डयन क्षेत्रमा काम गर्न बेलायती संस्था आर्टेमिस एयरस्पेसको सूचीमा लुक्ला पनि समावेश भएको हो।विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ। ‘सगरमाथाको प्रवेशद्वार यो विमानस्थल सुन्दर हिमालको बीचमा छ। यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन्’, आर्टेमिस एयरस्पेसले भनेको

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी

काठमाडौँ- लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर -२ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान समेत प्रभावित भएको थियो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जङ्गल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन […]

लुक्ला विमानस्थल नजिकै जंगलमा भीषण आगलागी, उडान प्रभावित

लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी हुँदा उडान प्रभावित बनेको छ । जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान प्रभावित भएको हो ।

लुक्ला विमानस्थल नजिकै जंगलमा भीषण आगलागी, उडान प्रभावित

लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी हुँदा उडान प्रभावित बनेको छ । जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान प्रभावित भएको हो ।

लुक्ला विमानस्थल नजिकैकाे वनमा लागेको आगो अझै निभेन

साेलुखुम्बु – खुम्बुपासाङ ल्हामु गाउँपालिका २ मा रहेकाे सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएकाे छैन । सिम्रिक एअरको हेलिकप्टरले पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेकाे बताइएको छ । फायर फाइटिङसहितको हेलिकप्टर आगो निभाउन आज साेमवार बिहानदेखि खटिएको भए पनि आगो झन् फैलिएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओमप्रसाद यादवले जानकारी दिनुभयो ।  आगो निभाउन नसकेपछि हेलिकप्टर काठमाण्डौ फर्किएको छ । आगो निभाउन प्रहरी र स्थानीयवासी खटिरहेका छन् । अहिले ...

लुक्ला विमानस्थल नजिकैको वनमा आगलागी, एक घण्टा उडान प्रभावित

सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको नक्चुङ सामुदायिक वनमा भएको आगलागीका कारण एक घण्टा उडान प्रभावित भएको छ ।

लुक्ला विमानस्थल नजिकैको सामुदायिक वनमा भिषण आगलागी

फाइल फोटोतेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिए । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ । आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताए ।

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगाे निभाउन काठमाडौबाट हेलिकप्टर आउँदै

सोलुखुम्बु - सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर आउने भएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जङ्गलमा लागेको निभाउन सिम्रिक एअरको हेलिकप्टर काठमाडौबाट उडेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सिम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको हो । पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङको जङ्गलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरिसकेकाल...

लुक्ला विमानस्थल नजिकैकाे वनमा भीषण आगलागी, केही समय एअरपोर्ट नै बन्द

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा भीषण आगलागी भइरहेको छ ।  लुक्ला नजिकैको नक्चुङ भन्ने ठाउँको वनमा लागेको आगोको धुवाँका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएकाे नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो। अहिले हावाका कारण धुवाँ अन्यत्र बहिरहेकाले उडान भइरहेको उहाँले बताउनु भयाे । खुम्बु पासाङ ल्हामु ...