काठमाडौं : विश्वका ६ हेर्नैपर्ने विमानस्थलको सूचीमा मा नेपालको तेन्जिङ–हिलारी विमानस्थल पनि परेको छ। उड्डयन क्षेत्रमा काम गर्न बेलायती संस्था आर्टेमिस एयरस्पेसको सूचीमा लुक्ला पनि समावेश भएको हो।विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ। ‘सगरमाथाको प्रवेशद्वार यो विमानस्थल सुन्दर हिमालको बीचमा छ। यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन्’, आर्टेमिस एयरस्पेसले भनेको