साेलुखुम्बु – खुम्बुपासाङ ल्हामु गाउँपालिका २ मा रहेकाे सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएकाे छैन । सिम्रिक एअरको हेलिकप्टरले पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेकाे बताइएको छ ।
फायर फाइटिङसहितको हेलिकप्टर आगो निभाउन आज साेमवार बिहानदेखि खटिएको भए पनि आगो झन् फैलिएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओमप्रसाद यादवले जानकारी दिनुभयो ।
आगो निभाउन नसकेपछि हेलिकप्टर काठमाण्डौ फर्किएको छ । आगो निभाउन प्रहरी र स्थानीयवासी खटिरहेका छन् । अहिले ...