लुक्ला विमानस्थल नजिकैकाे जङ्गलमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै खर्च

सोलुखुम्बु - सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै जङ्गलमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै रकम खर्च भएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाउन १९ लाख २६ हजार ३ सय ३० रुपैयाँ खर्च भएकोे गाउँपालिकाले जनाएको छ। गएको आइतवार दिउँसोदेखि लागेको डढेलो बुधवार दिउँसो मात्रै निभेको थियो । पालिकाले डढेलो निभाउन सोमवार, मङ्गलवार र बुधवार सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेको थियो । स्थानीय बासिन्दा र प्रहरीको प्रयासले मात्रै आगाे निभाउन सम्भव नभएपछि हेलिकप्...

सम्बन्धित सामग्री

हेलिकप्टरले ‘८४ हजार लिटर पानी खन्याएपछि’ सामुदायिक वनमा लागेकाे डढेलाे निभ्याे

साेलुखुम्बु – सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै रहेको हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाइएकाे छ । गएकाे आइतवार रातिदेखि सुरु भएको डढेलो आज बुधवार दिउँसो निभाउन सफल भएको खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा डढेलो निभाइएकाे हो । आगो निभाउनका लागि गएकाे सोमवारदेखि हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरले ८४ हजार लिटर पानी प्रयोग गरेर डढेलो निभाएको शेर्पाले जानकारी दिनुभयो । डढेलो...

लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो फेरि फैलिन थाल्याे

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगाे फेरि फैलिन सुरु भएको छ । गएराति  आफैँ नियन्त्रणमा आएको आगाे हावाका कारण अहिले फेरि फैलिन सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङमा रहेकाे हरियाली सामुदायिक वनमा आइतवार बेलुकादेखि सुरु भएको डढेलो शीतका कारण सोमवार राति आफैँ नियन्त्रणमा आएको थियो । तीव्र गतिको हावाको वेगका कारण स्थानीयवासी...

लुक्ला विमानस्थल नजिकैकाे वनमा लागेको आगो अझै निभेन

साेलुखुम्बु – खुम्बुपासाङ ल्हामु गाउँपालिका २ मा रहेकाे सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएकाे छैन । सिम्रिक एअरको हेलिकप्टरले पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेकाे बताइएको छ । फायर फाइटिङसहितको हेलिकप्टर आगो निभाउन आज साेमवार बिहानदेखि खटिएको भए पनि आगो झन् फैलिएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओमप्रसाद यादवले जानकारी दिनुभयो ।  आगो निभाउन नसकेपछि हेलिकप्टर काठमाण्डौ फर्किएको छ । आगो निभाउन प्रहरी र स्थानीयवासी खटिरहेका छन् । अहिले ...

लुक्ला विमानस्थल नजिक सामुदायिक वनमा भिषण आगलागी

सोलुखुम्बु, २३ फागुन । सोलुखुम्बुको लुक्लामा भिषण आगोलागी भएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको स्थानीयले बताएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने जंगलमा डेढेलो लागेको र त्यसको धुँवाले लुक्ला विमानस्थलाई असर गरेपछि१ घण्टाको लागि विमानस्थल बन्द भएको छ । आगो लागेको क्षेत्र अफ्ठेरो भएकोले […]