चितवनको ईच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।