वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप छ । शनिबार बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा धरान वडा नं. २० विष्णुपादुकाकी ४१ वर्षीय फूलमाया राईको निधन भएको हो । उपचारमा लापरबाही गर्ने चिकित्सकहरू र कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ । भदौ १७ गते बिहीबार बिहान देखि नै पेट दुख्ने र बान्ता हुन थालेपछि बिरामीलाई उपचारको लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । बिहीबार बेलुका ५ बजे उपचार गराउँदा बि