धनगढी : धनगढीस्थित केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु भएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्।डोटीको दिपायल सिलगढी नगरपालिका–७ का विष्णु विकका ६ महिने शिशु सायलको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले बताए। ‘उपचार नहुने बिरामीलाई रेफर गरिहाल्छौं भन्दै ६ दिनसम्म उपचार गरियो,’ शिशुका काका शंकर विकले भने, ‘अन्यत्र लैजान्छौं