अतिक अहमद हत्याको विषयमा भारतका चार प्रहरी निलम्बित, लापरबाही गरेको आरोप
गत शनिबार तीन आक्रमणकारीहरू पत्रकारको भेषमा धुमनगन्ज प्रहरी चौकीनजिकैको अस्पताल पुगेका थिए । अतिक र उनका भाइलाई मेडिकलका लागि प्रहरीले मोतिलाल नेहरू अस्पताल लगेका थिए ।
कैलाली । कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गरेको आरोप लागेका दुई जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको […]
कैलाली । कैलालीमा ५ प्रहरी निलम्बनमा परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा छापा मार्दा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए। प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानविनका लागि गठित टोलीको सिफारिसका पाँच जनालाई निलम्बन गरिएको चन्दले […]
जनकपुरधाम । मदिरा चोरेको आरोपमा सिराहा प्रहरीले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेको हो । लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले […]
गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् । स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ
संखुवासभा – जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् ।
इलाका प्रहरी कार्यालय आँखीभूइँमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ ।&nb...