यार्सागुम्बा संकलन गर्न वैशाखदेखि नै अनुमति माग्न सकिने

२२ भदौ, काठमाडौं । उच्च हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा वैशाखदेखि नै यार्सागुम्बा अनुमति माग्न सकिने भएको छ । वन तथा वातावरण मन्त्रालयले यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिकाको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदाले अब यार्सागुम्बा संकलन वैशाखदेखि असारसम्म गर्न सकिने गरी समय तोकेको हो । यसअघि यस्तो […]

सम्बन्धित सामग्री

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलन खुला

संखुवासभा : संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन खुला गरेको छ। कोरोना संक्रमणका कारण दुई वर्षदेखि मकालु वरुण राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो।मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामदेव चौधरीले जानकारी दिए।मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि एक महिना यार्सागुम्बा संकलन गर्न अनुमति दिएको निकुञ्जका प्रमुख चौधरीले बताए। मकालु वरुण राष

यार्सागुम्बा खुला नगर्दै संकलन थालियाे

सुर्खेत : डोल्पाका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि अनुमति नदिँदै पाटनमा संकलन सुरु भएको खुलासा भएको छ।जेठ ११ गते मात्र पाटन खुल्ला भएपनि  सो भन्दा पहिले नै यार्सागुम्बा संकलन गर्न सर्वसाधारणहरू पुगेको नलगाड नगरपालिका –७ का रामबहादुर खड्काले बताए। उनले भने,‘हामीलाई जेठ ११ मा खुल्छ भनेर प्रवेश शुल्क लिने काम भयो, यता त सबै पाटनमा पहिले नै संकलन सुरु भइसकेको रहेछ।’शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज र सामुदायिक वन समूहको मिलोमतोमा यार्सागुम्बा संकलन पह

अनुमतिबिनै यार्सागुम्बा संकलन

दार्चुला– दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा संकलन गरिरहेका छन् ।हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका संकलक वैशाख दोस्रो साता नै संकलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका […]

दार्चुलाबाट ३७९ किलोग्राम यार्सागुम्बा निकासी, ८३ लाख ७० हजार राजस्व संकलन

असोज १०, दार्चुला । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छूटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौं निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टलभन्दा बढी यार्सागुम्बाको निकासीका लागि अनुमति दिएको छ । यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रू. ३० हजारका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत रू. ८३ लाख ७० हजार राजस्व संकलन गरेको उनले बताए । व्यापारीको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै विक्री हुन बाँकी छ । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । ‘यार्सागुम्बा खरीद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा विक्रीका लागि काठमाडाँै लगेका छैनौँ’, व्यापारी धनसिंह जागरीले भने, ‘अहिले जिल्लामै स्थानीयवासीबाट संकलनको काम भइरहेको छ ।’ अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो रू. नौ लाखदेखि २० लाख मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा विक्री गर्ने गर्छन् । यार्सागुम्बाको राम्रो मूल्यको प्रतिक्षामा व्यापारीले यार्सागुम्बा काठमाडौं लगेका छैनन् । व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा संकलन गरिरहेका छन् ।  यार्सागुम्बा खरीदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलंगामा महीनाँैदिनदेखि बसेका छन् । भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् ।  दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ । रासस

अनुमतिविना यार्सागुम्बा संकलनकर्ता पुगे पाटन

अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा संकलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा संकलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनको अनुमति नदिएरै यार्सागुम्बा संकलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् ।  अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको र यो बीचमा संकलन अनुमतिपत्र वितरण गर्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार गरेको तर जिल्ला प्रशासन कार्यालयलले...

यार्सागुम्बा संकलन खुला

मनाङ, बैशाख १४ । कोरोना महामारीले निम्त्याएको अर्थ संकट टार्न हिमाली जिल्लामा यार्सागुम्बा संकलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्र उकास्न कठिन भएको र अमूल्य जडीबुटी यसै खेर जान नदिन जडीबुटी संकलन गर्न लागिएको हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा […]

यार्सागुम्बा संकलन खुला

मनाङ । कोरोना महामारीले निम्त्याएको अर्थ संकट टार्न हिमाली जिल्लामा यार्सागुम्बा संकलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्र उकास्न कठिन भएको र अमूल्य जडीबुटी यसै खेर जान नदिन जडीबुटी संकलन गर्न लागिएको हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा संकलन पुर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा संकलनका लागि पुर्जी रकम छुट्ट्याएको छ । नाम्के खर्कका लागि रू. २० हजार, ङिस्याङ रू. २० हजार र नार फु भ्यालीका लागि रू. ३० हजार छूट पुर्जी रकम उल्लेख गरिएको छ । गतवर्ष कोरोनाले बन्दाबन्दी भएकाले यस क्षेत्रले जडीबुटी संकलनमा रोक लगाएको उक्त संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक संकट पनि बढेकाले यसपटक भने जिल्लाभित्र बसोवास गर्नेका लागि मात्र खुला गरिएको हो । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लामा भने बन्देज लगाइएको उनले जानकारी दिए ।  जिल्लामा रहेका चार स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयलगायत स्थानीय सीएमसीको निर्णयानुसार जिल्लाका सबै क्षेत्रमा यार्सा संकलन पुर्जी खोलिएको सीएमसी ताचैका अध्यक्ष याद घलेले बताए । उनका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीय बासिन्दाको आर्थिक अवस्थामा आएको संकट टार्न पनि संकलन आवश्यक रहेको हो । जडीबुटी र पर्यटन व्यवसायमा निर्भर यहाँका मानिस कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको बताउँदै याममा यार्सा संकलन गरेर जीविका चलाउन सकिने उनको भनाइ थियो । रासस

यार्सा संकलनका लागि विद्यार्थी पाटनतिर, १८ विद्यालय बन्द

मुगु : मुगुको पूर्वी करान भेगको मुगुमकामारोगं गाउँपालिका रहेका बिद्यालय बन्द भएका छन्। विद्यार्थीहरु यार्सागुम्बा संकलन गर्न हिमाली पाटनमा गएपछि विद्यालय बन्द भएको हो।  यार्सा संकलनका लागि जेठ १८ मा वन प्रवेशको अनुमति दिइएपछि गाउँपालिकाभित्र रहेका विद्यालयको कक्षा २ भन्दा माथिका विद्यार्थी यार्सा संकलन गर्न गएका छन्। गा...

यार्सागुम्बा संकलन गर्न स्थायी ठेगाना खुलाउनु पर्ने

डोल्पा : जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर ...

यार्सागुम्बा संकलनमा पनि सिन्डिकेट - Naya Patrika

यार्सागुम्बा संकलनका लागि अपिनाम्पा संरक्षण क्षेत्रले शुल्क लिएर अनुमति दिने गरेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको अपी हिमाल र दुधिवन क्षेत्रमा बाहिरबाट गएका संकलकलाई यार्सागुम्बा संकलन गर्न दिइँदैन । अपी हिमाल...पूरा पढ्नुहोस् »