सुर्खेत : डोल्पाका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि अनुमति नदिँदै पाटनमा संकलन सुरु भएको खुलासा भएको छ।जेठ ११ गते मात्र पाटन खुल्ला भएपनि सो भन्दा पहिले नै यार्सागुम्बा संकलन गर्न सर्वसाधारणहरू पुगेको नलगाड नगरपालिका –७ का रामबहादुर खड्काले बताए। उनले भने,‘हामीलाई जेठ ११ मा खुल्छ भनेर प्रवेश शुल्क लिने काम भयो, यता त सबै पाटनमा पहिले नै संकलन सुरु भइसकेको रहेछ।’शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज र सामुदायिक वन समूहको मिलोमतोमा यार्सागुम्बा संकलन पह