मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलन खुला

संखुवासभा : संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन खुला गरेको छ। कोरोना संक्रमणका कारण दुई वर्षदेखि मकालु वरुण राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो।मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामदेव चौधरीले जानकारी दिए।मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि एक महिना यार्सागुम्बा संकलन गर्न अनुमति दिएको निकुञ्जका प्रमुख चौधरीले बताए। मकालु वरुण राष