काठमाडौं : अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी नहुँदा टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचारमा आएका बिरामीलाई फिर्ता पठाउन थालेको छ।पछिल्लो समय कोभिड १९ संक्रमण बढेसँगै अस्पतालमा दैनिक उपचारका लागि जाने कोभिड संक्रमित बढ्न थालेका छन्। तर, उपचारमा आवश्यक जनशक्ति नहुँदा अस्पतालले बिरामीलाई फिर्ता गर्न थालेको हो।विगतमा कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरमा टेकु अस्पतालमा देशभरका अस्पतालबाट रिफर भएर पुग्ने बिरामी अब भने टेकुबाट अन्यन्त्र जानुपर्ने अवस्था आएको छ।अस्पतालका सूच