काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १० जना मात्रै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ सय ७८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित थपिएका हुन्। आज ७६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। यसका साथै हाल देशभर ३१ हजार १०३ जना डेंगु संक्रमित रहेका छन्। गत साउनयता बढ्दै गएको डेंगुबाट हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ।