धौलागिरि अस्पतालमा ८६ वर्षीया वृद्धाको पहिलो पटक जोर्नी प्रत्यारोपण

गत भदौ २४ गते लडेर देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएको तुलसा थापाको आज सफलरूपमा जोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

नेपाल जोर्नी प्रत्यारोपण समाज गठन, अध्यक्षमा डा आरसी

अर्थोपेडिक सर्जरी विधा भित्रको सब स्पेसियालिटी मध्ये जोर्नी प्रत्यारोपण सर्जनहरुको नयाँ सोसाइटी गठन भएको छ।वरिष्ठ अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन डा दिर्घराज आरसीको अध्यक्षतामा 'नेपाल जोर्नी प्रत्यारोपण समाज' (नेपाल अर्थोप्लास्टी सोसाइटी) गठन भएको हो।

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो।

स्टार अस्पतालमा २०० जनाको जोर्नी प्रत्यारोपण

सानेपास्थित स्टार अस्पतालले पाँच वर्षको अवधिमा २ सय जना बिरामीको जोर्नी प्रत्यारोपण गरेको छ। अस्पतालले २ सय जनाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको अवसरमा विशेष समारोहको आयोजना गरेको छ।

स्टार अस्पतालमा २०० जनाको जोर्नी प्रत्यारोपण

काठमाडौं । ललितपुरस्थित स्टार अस्पतालले २०० जनाको जोर्नी प्रत्यारोपण गरेको छ । मंगलबार  अस्पतालले एक कार्यक्रम गरी यसबारे जानकारी गराएको हो । निजी अस्पतालहरुमा गरिएको जोर्नी प्रत्यारोपणमध्ये उक्त संख्या हालसम्मकै उच्च रहेको अस्पतालका कार्यकारी र्निदेशक किशोर के महर्जनले दाबी गरे । नेपालमा अझै पनि घुँडा र हिपको प्रत्यारोपण गर्न सम्भव छ भन्ने जानकारी नहुँदा यो […]

कस्तो अवस्थामा गर्ने जोर्नी प्रत्यारोपण, कति लाग्छ खर्च ?

काठमाडौं । नयाँ नयाँ प्रविधिको विकाससँगै चिकित्सा विज्ञानमा उल्लेख्य विकल्प दिएको छ । त्यसमध्ये एक हो, जोर्नी प्रत्यारोपण । यो घुँडा र कम्मरको समस्याका लागि उपयोगी विकल्प सावित भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. ऋषि बिष्टका अनुसार यो विभिन्न कारण खिइएका र बिग्रिएका जोर्नीलाई शल्यक्रियामार्फत कृत्रिम जोर्नीले विस्थापन गर्ने प्रक्रिया […]

यस्तो छ जोर्नी प्रत्यारोपणसम्बन्धी भ्रम र यथार्थ

उमेरको कारणले हड्डी खिइएर हिँड्डुल गर्न समस्या उत्पन्न हुँदा पनि प्रायः बूढाबूढी हत्तपत्त अप्रेशन गर्न मान्दैनन् । यद्यपि हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण सर्जन डा. सुमनबाबु मरहट्टा बढ्दो उमेर अपरेशनको बाधक नभएको बताउँछन् ।जोर्नीको समस्या प्रायः बुढेसकालमा हुने भएकाले प्रत्यारोपण गर्ने उमेर नै बुढेसकाल भएको डा. मरहट्टाको भनाइ छ । मुख्यतः जोर्नी बिग्रनुका कारणमध्ये उमेर बढ्दै गएपछि हड्डी खिइदा, पुरानो चोटपटक, बाथरोग, जन्मजात जोर्नीको समस्यालगायत देखिन्छ । यी मध्ये एक भन्दा बढी समस्या भएमा मात्रै

‘नेपालमा सफलताका साथ जोर्नी प्रत्यारोपण हुन्छ’

मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा जोर्नीको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। त्यसकारण यस्ता जोर्नीको प्रत्यारोपण ज्यादा गरिन्छ। जोर्नी प्रत्यारोपण सम्बन्धी नेपालमा प्रविधि उपलब्ध छ कि छैन, नेपालमा कसरी जोर्नी प्रत्यारोपण गरिन्छ वा कस्तो अवस्थामा जोर्नी […]

मेची अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण

झापाको मेची  अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण (हिप आर्थाेप्लाष्टि) सफल रुपमा सम्पन्न भएको छ। फागुन ४ गते  मोटरसाइकल दुर्घटनामा परि हल्दिबारी ४ निवासी ५५ बर्षिय सुरेन मेचेको दाहिने कम्मरको जोर्नी भाँचिएको थियो।

धौलागिरि अस्पतालमा पहिलोपटक ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण गरिएको छ । गत भदौ २४ गते लडेर देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएको तुलसा थापाको आज सफल रूपमा जोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यसलाई मेडिकल भाषामा ‘नेक अफ फिमर’ भन्ने गरिन्छ । दुर्गम जिल्ला मध्येको बागलुङस्थित सरकारी अस्पतालमा ८६ वर्षीया थापाको हड्डी प्रत्यारोपण गरिएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रतीक आचार्यले जानकारी दिए । कम्मरको देब्रेतर्फको गेडी जोर्नी शल