बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण गरिएको छ । गत भदौ २४ गते लडेर देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएको तुलसा थापाको आज सफल रूपमा जोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यसलाई मेडिकल भाषामा ‘नेक अफ फिमर’ भन्ने गरिन्छ । दुर्गम जिल्ला मध्येको बागलुङस्थित सरकारी अस्पतालमा ८६ वर्षीया थापाको हड्डी प्रत्यारोपण गरिएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रतीक आचार्यले जानकारी दिए । कम्मरको देब्रेतर्फको गेडी जोर्नी शल