यस्तो छ जोर्नी प्रत्यारोपणसम्बन्धी भ्रम र यथार्थ

उमेरको कारणले हड्डी खिइएर हिँड्डुल गर्न समस्या उत्पन्न हुँदा पनि प्रायः बूढाबूढी हत्तपत्त अप्रेशन गर्न मान्दैनन् । यद्यपि हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण सर्जन डा. सुमनबाबु मरहट्टा बढ्दो उमेर अपरेशनको बाधक नभएको बताउँछन् ।जोर्नीको समस्या प्रायः बुढेसकालमा हुने भएकाले प्रत्यारोपण गर्ने उमेर नै बुढेसकाल भएको डा. मरहट्टाको भनाइ छ । मुख्यतः जोर्नी बिग्रनुका कारणमध्ये उमेर बढ्दै गएपछि हड्डी खिइदा, पुरानो चोटपटक, बाथरोग, जन्मजात जोर्नीको समस्यालगायत देखिन्छ । यी मध्ये एक भन्दा बढी समस्या भएमा मात्रै