भारत – भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने 'मेटलफिनिसर' व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दशक बितिसककेको छ ।
उहाँले भन्नुभयो, ‘सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरू गर्न थालियो । अहिलेसम्म राम्रै भइरहेको छ ।’ पुर्ख्यौली घर रामेछाप भई पछि बसाइँ सरेर सर्लाही पुगेका र काठमाण्डौमा पनि घर बनाएका उहाँ कोलकातामा रहेको ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ का 'चेयरम्यान'&nb...