काठमाडौं : इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण गरेको छ।फाउण्डेसनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले शुक्रबार गृहमन्त्री रवि लामिछानेलाई भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर हुन आग्रह गरेको हो। फाउण्डेसनले हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी