९ वर्षको तयारीपछि भन्सारलाई पेपरलेस गर्न ‘राष्ट्रिय एकद्वार प्रणाली’

१३ माघ, काठमाडौं । भन्सारका सबै कागजी काम सेवाग्राहीको भौतिक उपस्थितिबिनै सम्पन्न गर्ने उद्देश्यसाथ अघि बढाइएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएको छ । सन् २०१३ मा परिकल्पनाको रुपमा अघि बढाइएको योजना ९ वर्षपछि कार्यान्वयनमा आएको छ । योसँगै भन्सारमा कागजी काम कारबाहीको युग सकिएको भन्सार विभागले दावी गरेको छ । मंगलबार ६९ औं अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

राष्ट्रिय एकद्वार प्रणालीले सहज बन्दै वैदेशिक व्यापार

भन्सार विभागले सञ्चालनमा ल्याएको राष्ट्रिय एकद्वार प्रणालीका कारण वैदेशिक व्यापारमा लाग्ने लागतमा उल्लेख्य कमी आउन थालेको छ । व्यवसायी र एजेन्टले कागजात बोकेर विभाग र कार्यालय धाउनुपर्ने झन्झट हट्दै गएको छ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएसँगै नेपालको वैदेशिक व्यापारमा केही वर्षमै गुणात्मक परिवर्तन देखिने व्यवसायीहरु बताउँछन् । विभागले गत माघबाट यो व्यवस्था पूर्ण रुपमा […]

भक्तपुरका व्यवसायीलाई तालिम

भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्र...

वैदेशिक व्यापारमा एकद्वार प्रणाली

काठमाडौं । वैदेशिक व्यापारलाई स्वचालित र पारदर्शी बनाउन एकद्वार प्रणालीलाई पूर्ण कार्यान्वयन गरिने भएको छ । आयातनिर्यात कारोबारलाई कागजमुक्त बनाउने अभिप्रायले भन्सार विभागले ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’मा सरोकारका निकायलाई जोडेको हो । वैदेशिक व्यापारसँग सरोकार राख्ने ४० निकाय र पक्षलाई आपसमा जोडेर आयातनिर्यात कारोबार सहजीकरण गरिने एकद्वार प्रणालीको योजना कार्यान्वयन एकाइका निर्देशक सूर्य सेढाईंले बताए । अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर गत माघ १२ गतेदेखि परीक्षणका रूपमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको थियो । अहिले सरोकारका निकायलाई यो प्रणालीमा आबद्ध गर्ने कामलाई तीव्र पारिएको जानकारी निर्देशक सेढाईंले दिए । शुरूमा खाद्य तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई प्रणालीमा समावेश गरिएको थियो । सरोकारका निकायलाई प्रणालीमा जोड्ने अभियानअन्तर्गत पछिल्लोपटक नेपाल राष्ट्र बैंक र निजीक्षेत्रका संघसंस्थाहरूसित समझदारीपत्रमा हस्ताक्षर गरिएको निर्देशक सेढाईंले बताए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल हस्ताकला महासंघलाई प्रणालीमा आबद्ध गर्ने समझदारी भएको छ । ‘यी संस्थाहरूले निर्यात प्रक्रियामा उत्पत्तिको प्रमाणपत्र जारी गर्छन् । यो कागजातसमेत अनलाइनबाटै बुझाउने व्यवस्थाका लागि निजीक्षेत्रका संस्थालाई एकद्वार प्रणालीमा जोड्न समझदारी भएको छ, सेढाईंले आर्थिक अभियानसित भने । आयातनिर्यातसँग सरोकार राख्ने सेवाप्रदायक र सेवाग्राहीलाई अनलाइनको माध्यमबाट एकआपासमा आबद्ध गर्न एकद्वार प्रणाली ल्याइएको हो । २०७६ असारबाट पूर्वाधार विकासको काम शुरू गरिएको थियो । आगामी आर्थिक वर्ष २०७८÷७९ बाट पूर्ण कार्यान्वयनमा लैजाने लक्ष्य राखिएकोमा कोरोना महामारीले प्रभावित भएको छ । गत मङ्सिरमा परीक्षणको योजना राखिएकोमा कोरानाकै कारण माघसम्म पर्खिनु परेको थियो । परीक्षणलगत्तै सरोकारका सबै निकाय र पक्षलाई प्रणालीमा समेट्दै जाने योजना थियो । आउँदो मङ्सिरभित्र पूर्ण कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको छ । यो प्रणालीमा आयातनिर्यातको अनुमति, बैंकिङ प्रक्रिया, राजस्व भुक्तानी, भन्सार जाँचपासलगायत अधिकांश प्रक्रिया अनलाइनबाटै हुने विभागले बताएको छ । आयतकर्ता र सरकारी निकाय र निजीक्षेत्रका संंस्थाले अनलाइनबाटै प्रक्रिया र कागजातको व्यवस्थापन गर्ने भएकाले वैदेशिक व्यापार थप सहज र पारदर्शी हुने आयोजना कार्यान्वयन एकाइका संयोजक श्यामप्रसाद भण्डारी बताउँछन् । व्यापार सहजीकरण, राजस्व संकलनमा दक्षता अभिवृद्धि र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित भएको विभागले बताएको छ । एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबै पक्षले प्रयोग गर्न सकिने गरी तयार पारिएको स्वचालित विद्युतीय प्लेटफर्म हो । यसबाट अन्तरराष्ट्रिय व्यापार र पारवहनसँग सम्बद्ध सबै पक्षले कागजात तथा सूचनाहरू एउटै प्रवेश बिन्दुबाट प्रस्तुत गर्न सक्छन् । यो प्रणाली पूर्ण सञ्चालनमा आएपछि सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क नहुने दाबी भन्सार अधिकारीहरूको छ । यसबाट व्यापारमा समय र लागत पनि बचत हुने दाबी भन्सार अधिकारीहरूको छ । आयातनिर्यातका लागि कागजात लिन विभिन्न निकायमा धाउनुपर्ने बाध्यता अन्त्य हुने दाबी उनीहरूको छ ।

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने राष्ट्रिय एकद्वार प्रणाली सुरु

सरकारले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ‘राष्ट्रिय एकद्वार प्रणाली’ (एनएनएसडब्लु) सुरु गरेको छ ।

राष्ट्रिय एकद्वार प्रणाली आजदेखि

अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी मङ्गलबारदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली मङ्लबार सार्वजनिक हुन लागेको हो । डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरि

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा

काठमाडौं । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएको छ । वैदेशिक व्यापार तथा भन्सार व्यवस्थापनको सवालमा थप सहजीकरण गर्ने उद्देश्यले सरकारले एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका बीच भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच...

अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया अब ‘डिजिटल’ प्रणालीमा

११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यकासाथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनका लागि तयार भएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने डिजिटल सेवा केन्द्र आगामी मंगलबारबाट सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी सकिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन […]

राष्ट्रिय एकद्वार प्रणाली लागू

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच यस्तो सम्झौता भएको हो । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु से

४० निकायमा एकद्वार प्रणाली

आयात–निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ ।