भक्तपुरका व्यवसायीलाई तालिम

भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्र...

सम्बन्धित सामग्री

आरन व्यवसाय सञ्चालन गर्न निःशुल्क तालिम

डाेटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ । सात दिनसम्म चल्ने तालिममा डोटीका नौ वटा पालिकाका दुई/दुई जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट तीन जना गरी २१ जनाको सहभागिता रहेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार तालिम दिइएको हो । स्थानीय व्यवसायीलाई प्रवर्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिइएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले बताउनुभयो ।  आरन व्यवसाय तालिमले गरिबी घटाउन सहयोग प...

कोका-कोलाद्वारा महिला व्यवसायीलाई तालिम

काठमाडौं । कोका–कोलाले महिला व्यवसायीहरुको सीप विकासर तथा सशक्तिकरणका लागि तालिम सञ्चालन गरेको छ । कम्पनीका अनुसार खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने १००० भन्दा बढी महिला व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । गत ८ मार्च २०२२ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कम्पनीले बोटलिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो […]

पाँचपोखरीमा  होमस्टे तथा होटल व्यवस्थापन तालिम

पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनः लाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ । आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले तालिमबाट होमस्टे व्यवस्थापनमा सुधार हुने र सञ्चालकहरूको क्

पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम

स्याङ्जा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा स्याङ्जाको  पुतलीबजार नगरपालिका–९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुनरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिए । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उनले जानकारी दिए । कार्यक्रमको क्रममा पोखराबाट गएको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायत विषयमा जानकारी लिएको उनले बताए । होमस्टे सञ्चालकलाई तलिम दिँदै गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पुर्‍याउन सक्नुपर्नेमा जोड दिए । गाउँ पर्यटनमा होमस्टे (घरवास)को महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले राम्रो आतिथ्य, सरसफाइ एवं व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने बताए । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक सरिता क्षेत्री, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङ, टेवानका महासचिव शोभा न्यौपाने पाण्डे लगायतले मिलेनियम ट्रेकका आसपासका प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रूपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महŒवपूर्ण सफलता हासिल हुने बताए । रासस

पर्यटन व्यवसायीलाई प्रविधिमैत्री तालिम

२६ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले सातै प्रदेशका पर्यटन व्यवसायीलाई पर्यटन प्रडक्ट प्याकेजिङ र डिजिटल तालिम दिन सुरु गरेको छ । बोर्डका अनुसार प्रदेश नम्बर १ का ८ जिल्लाका २५ व्यवसायीलाई २६ फागुनदेखि तालिम दिन सुरु गरिएको छ । तालिम इलामको इलाम नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएको बोर्डले जनाएको छ । डिजिटल माध्यमबाट व्यवसायको प्रवर्द्धन […]

कोका–कोला नेपालले १ हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम

काठमाडौं । कोका–कोलाका नेपालले एक हजार जना महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिन सुरु गरेको छ । कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर महिलाहरुका लागि ‘सक्षम’ कार्यक्रम सुरु गरेको हो । कम्पनीले नेपालका विभिन्न स्थानमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिन लागेको जनाएको छ । ‘दिगो […]

व्यवसायीलाई तालीम

पोखरा । पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्षित गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालीम दिइएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघ सहआयोजनामा गरिएको तालिममा लेखा व्यवस्थापनमा ५० जनाको सहभागिता थियो । लेखा चुस्त–दुरुस्त राख्न नसक्दा बेहोर्नुपर्ने हैरानी र घाटाबाट व्यवसायीलाई मुक्त गराउने उद्देश्यका साथै गुणस्तरीय उत्पादनलाई लक्ष्य गरी तालिम आयोजना गरिएको हो । तालिममा दोहोरो लेखा प्रणाली तथा लेबलिङ र प्याकेजिङ कसरी गर्ने भन्नेबारे जानकारी दिइएको थियो । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले लेखा प्रणाली चुस्त राख्न र प्रतिस्पर्धी बजारमा टिक्न तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्दै उत्पादन र उत्पादकत्व वृद्धि सहयोग पुग्ने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले लेखा चुस्त नराख्दा भोग्नुपर्ने दण्ड–जरिवानाबाट बचाउन तालिम उपयोगी बन्ने बताए । प्रतिस्पर्धी बजार प्रवेशका लागि आकर्षक लेबलिङ र प्याकेजिङ पहिलो शर्त भएको उनले बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, तालिमका सहभागी तथा उद्यमी सुनयना पालिखे, प्रशिक्षार्थी लालप्रसाद ढकाललगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न जरुरी भएको धारणा राखे । रासस

निर्माण व्यवसायीलाई विद्युतीय बोलपत्र सम्बन्धि तालिम

पुस २९, सुर्खेत । निर्माण व्यवसायीहरुलाई सार्वजनिक खरीद प्रक्रियामा अझै बढी खुला, पारदर्शी तथा जिम्मेवार बनाउन विद्यतीय बोलपत्रको प्रयोग सम्बन्धि तालिम सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ । भौतिक पूर्वाधार यातायात मन्त्रालयको सहयोग नेपाल निर्माण व्यवसायी महासंघको आयोजना तथा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको समन्वयमा सार्वजनिक खरीद प्रक्रियामा विद्युतीय बोलपत्र (ईजीपी) ऐन, नियम एसवीडी, रजिष्टेशन, प्रोफाइल म्यानेजमेन्ट, समिशन अफ डिफेट काईण्ड अफ टेण्डरलगायतका बारेमा निर्माण व्यवसायीलाई जानकारी दिने उद्देश्यले बुधवारदेखि दुई दिने तालिमको आयोजना गरिएको हो ।  तालिम अवधिभर स्वच्छ प्रतिस्पर्धा, ईमानदारिता, जवाफदेही, विश्वासनीयता, सञ्चालन, व्यवस्थापन एवम् अफलोडेबल ई–टेण्डर प्रक्रियाका क्रममा आउने समस्या तथा समाधानका बारेमा निर्माण व्यवसायीसँगै उनका प्रतिनिधिहरुलाई जानकारी गराईने मुख्य प्रशिक्षक असित अधिकारीले जानकारी दिए ।  उनले यसअघि पनि दुई तालिम दिइसकिएकाले अहिले विद्युतीय बोलपत्र प्रक्रियाको दोस्रो फेजको तालिममा सुर्खेत जिल्लाभरीका करीब ३० जना निर्माण व्यवसायीसँगै प्रतिनिधिहरुको सहभागिता रहेको बताए ।  सुर्खेतको निर्माण व्यवसायीलाई थप प्रवर्द्धन गर्न प्रशासन सम्बन्धि जानकारी नेपाल निर्माण व्यवसायी महासंघका प्रशासन अधिकृत इमेश गौतमले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको उनको भनाइ छ ।

भक्तपुरका व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइयो

विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ ।  आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको अनलाईन कर विवरण दाखिला सम्बन्धी  तालिम सम्पन्न भएको हो ।भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले राजस्व सम्बन्धमा नियम, कानुन र प्रक्रियाहरूबारे जानकारी नहुँदा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने भएक