राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा

काठमाडौं । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएको छ । वैदेशिक व्यापार तथा भन्सार व्यवस्थापनको सवालमा थप सहजीकरण गर्ने उद्देश्यले सरकारले एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका बीच भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच...

सम्बन्धित सामग्री

राष्ट्रिय एकद्वार प्रणालीले सहज बन्दै वैदेशिक व्यापार

भन्सार विभागले सञ्चालनमा ल्याएको राष्ट्रिय एकद्वार प्रणालीका कारण वैदेशिक व्यापारमा लाग्ने लागतमा उल्लेख्य कमी आउन थालेको छ । व्यवसायी र एजेन्टले कागजात बोकेर विभाग र कार्यालय धाउनुपर्ने झन्झट हट्दै गएको छ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएसँगै नेपालको वैदेशिक व्यापारमा केही वर्षमै गुणात्मक परिवर्तन देखिने व्यवसायीहरु बताउँछन् । विभागले गत माघबाट यो व्यवस्था पूर्ण रुपमा […]

भन्सार प्रशासनमा सुधार ल्याइँदै

काठमाडौं । भन्सार प्रशासनभित्रका समस्या हल गर्न सुधारको काम अघि बढाइने भएको छ । भन्सार प्रणालीमा रहेका समस्यालाई सम्बोधन गर्नेगरी चालू आर्थिक वर्ष २०७८/७९ देखि छैटौं चरणको पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा लगेको भन्सार विभागले प्रशासनिक सुधारको कामलाई अघि बढाएको हो । खासगरी भन्सार विभागअन्तर्गत रहेका अनुगमन र अनुसन्धान शाखामा आमूल परिवर्तन ल्याउने गरी रूपान्तरणको काम अघि बढेको छ । यी दुईओटा शाखालाई स्मार्ट बनाएर भन्सार प्रशासनमा ठूलो सुधार ल्याउन लागिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा बताउँछन् । अनुसन्धान शाखाअन्तर्गत परेका उजुरीहरूको प्रभावकारी अनुसन्धान गर्नेगरी यस शाखालाई थप बलियो बनाइँदै छ । उजुरीकै आधारमा ट्र्याकिङ गर्ने, प्रत्यक्ष रूपमा अनुगमन गर्ने, चुहावट भएको छ भने विगतदेखिका प्रज्ञापनपत्रहरूलाई पुनः हेरेर अडिट गर्न सक्नेगरी अनुसन्धान शाखालाई वर्गीकरण गरेर स्मार्ट बनाइँदै छ । अहिले एकीकृत रूपमा प्रज्ञापनपत्रको काम हेरिन्छ, अब गरिने सुधारमा अनुसन्धान शाखाभित्र पनि कामको विभाजन हुनेछ । एउटा कर्मचारीले सामानको घोषणा हेर्नेछ भने अर्काले मूल्यांकन, त्यस्तै अन्य कर्मचारीले वर्गीकरणको काम हेर्नेछन् । यसरी तीन चरणमा अनुसन्धान शाखाको काम हुँदा धेरै प्रज्ञापनपत्र हेर्न सकिने र त्यही सूचनाका आधारमा ठूलो चुहावट नियन्त्रण गर्ने विभागको योजना छ । अनुसन्धानजस्तै अनुगमन शाखालाई समेत यसरी नै विभाजन गरे भन्सार प्रशासनमा सुधारको काम अघि बढाइन लागिएको महानिर्देशक सापकोटाको भनाइ छ । भन्सार विभागका अनुसार राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनको चरणमा छ । अहिले विश्व बैंकको सहयोगमा पहिलो चरणको कामसमेत भइरहेको छ । पहिलो चरणमा ४०/५० ओटा कार्यालय जोडिँदै छन् । यसबाट भन्सार पासमा सहजता हुनेछ । अहिले कतिपय वस्तु ल्याउँदा सम्बद्ध विभागको सिफारिश लिन जानुपर्ने व्यवस्था छ । राष्ट्रिय एकद्वार प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आएपछि निकायपिच्छे सिफारिश लिन जानुपर्ने झन्झटबाट व्यवसायीले मुक्ति पाउनेछन् । भन्सारका अधिकारीहरूका अनुसार भन्सार जाँचपासमा रहेका समस्यासमेत हटाउने गरी सुधारको कार्य विभागले अघि बढाइसकेको छ । पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा गइसकेकाले सुधारको महसूस छिट्टै दिलाउने गरी काम अघि बढिसकेको उनीहरूको दाबी छ ।

वैदेशिक व्यापारमा एकद्वार प्रणाली

काठमाडौं । वैदेशिक व्यापारलाई स्वचालित र पारदर्शी बनाउन एकद्वार प्रणालीलाई पूर्ण कार्यान्वयन गरिने भएको छ । आयातनिर्यात कारोबारलाई कागजमुक्त बनाउने अभिप्रायले भन्सार विभागले ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’मा सरोकारका निकायलाई जोडेको हो । वैदेशिक व्यापारसँग सरोकार राख्ने ४० निकाय र पक्षलाई आपसमा जोडेर आयातनिर्यात कारोबार सहजीकरण गरिने एकद्वार प्रणालीको योजना कार्यान्वयन एकाइका निर्देशक सूर्य सेढाईंले बताए । अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर गत माघ १२ गतेदेखि परीक्षणका रूपमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको थियो । अहिले सरोकारका निकायलाई यो प्रणालीमा आबद्ध गर्ने कामलाई तीव्र पारिएको जानकारी निर्देशक सेढाईंले दिए । शुरूमा खाद्य तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई प्रणालीमा समावेश गरिएको थियो । सरोकारका निकायलाई प्रणालीमा जोड्ने अभियानअन्तर्गत पछिल्लोपटक नेपाल राष्ट्र बैंक र निजीक्षेत्रका संघसंस्थाहरूसित समझदारीपत्रमा हस्ताक्षर गरिएको निर्देशक सेढाईंले बताए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल हस्ताकला महासंघलाई प्रणालीमा आबद्ध गर्ने समझदारी भएको छ । ‘यी संस्थाहरूले निर्यात प्रक्रियामा उत्पत्तिको प्रमाणपत्र जारी गर्छन् । यो कागजातसमेत अनलाइनबाटै बुझाउने व्यवस्थाका लागि निजीक्षेत्रका संस्थालाई एकद्वार प्रणालीमा जोड्न समझदारी भएको छ, सेढाईंले आर्थिक अभियानसित भने । आयातनिर्यातसँग सरोकार राख्ने सेवाप्रदायक र सेवाग्राहीलाई अनलाइनको माध्यमबाट एकआपासमा आबद्ध गर्न एकद्वार प्रणाली ल्याइएको हो । २०७६ असारबाट पूर्वाधार विकासको काम शुरू गरिएको थियो । आगामी आर्थिक वर्ष २०७८÷७९ बाट पूर्ण कार्यान्वयनमा लैजाने लक्ष्य राखिएकोमा कोरोना महामारीले प्रभावित भएको छ । गत मङ्सिरमा परीक्षणको योजना राखिएकोमा कोरानाकै कारण माघसम्म पर्खिनु परेको थियो । परीक्षणलगत्तै सरोकारका सबै निकाय र पक्षलाई प्रणालीमा समेट्दै जाने योजना थियो । आउँदो मङ्सिरभित्र पूर्ण कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको छ । यो प्रणालीमा आयातनिर्यातको अनुमति, बैंकिङ प्रक्रिया, राजस्व भुक्तानी, भन्सार जाँचपासलगायत अधिकांश प्रक्रिया अनलाइनबाटै हुने विभागले बताएको छ । आयतकर्ता र सरकारी निकाय र निजीक्षेत्रका संंस्थाले अनलाइनबाटै प्रक्रिया र कागजातको व्यवस्थापन गर्ने भएकाले वैदेशिक व्यापार थप सहज र पारदर्शी हुने आयोजना कार्यान्वयन एकाइका संयोजक श्यामप्रसाद भण्डारी बताउँछन् । व्यापार सहजीकरण, राजस्व संकलनमा दक्षता अभिवृद्धि र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित भएको विभागले बताएको छ । एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबै पक्षले प्रयोग गर्न सकिने गरी तयार पारिएको स्वचालित विद्युतीय प्लेटफर्म हो । यसबाट अन्तरराष्ट्रिय व्यापार र पारवहनसँग सम्बद्ध सबै पक्षले कागजात तथा सूचनाहरू एउटै प्रवेश बिन्दुबाट प्रस्तुत गर्न सक्छन् । यो प्रणाली पूर्ण सञ्चालनमा आएपछि सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क नहुने दाबी भन्सार अधिकारीहरूको छ । यसबाट व्यापारमा समय र लागत पनि बचत हुने दाबी भन्सार अधिकारीहरूको छ । आयातनिर्यातका लागि कागजात लिन विभिन्न निकायमा धाउनुपर्ने बाध्यता अन्त्य हुने दाबी उनीहरूको छ ।

९ वर्षको तयारीपछि भन्सारलाई पेपरलेस गर्न ‘राष्ट्रिय एकद्वार प्रणाली’

१३ माघ, काठमाडौं । भन्सारका सबै कागजी काम सेवाग्राहीको भौतिक उपस्थितिबिनै सम्पन्न गर्ने उद्देश्यसाथ अघि बढाइएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएको छ । सन् २०१३ मा परिकल्पनाको रुपमा अघि बढाइएको योजना ९ वर्षपछि कार्यान्वयनमा आएको छ । योसँगै भन्सारमा कागजी काम कारबाहीको युग सकिएको भन्सार विभागले दावी गरेको छ । मंगलबार ६९ औं अन्तर्राष्ट्रिय […]