तनहुँमा सुन्तलाको उत्पादन सात सय टनले वृद्धि

तनहुँमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने भएको छ । जिल्लामा ८ हजार ९ सय मेट्रिक टन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय तनहुँले अनुमान गरेको छ । गतवर्ष असिनाका कारण सुन्तलाको उत्पादनमा कमी आएको थियो । यो वर्ष मौसम राम्रो भएकाले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । यो वर्ष पर्याप्त पानी परेको, क्षेत्रफल वृद्धि भएको र असिनाले पनि क्षति नपुर्‍याएकाले पोहोरको तुलनामा ७ सय मेट्रिकटन सुन्तला बढी उत्पादन हुने अनुमान गरिएको कृषि कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डण्डपाणि खनालले बताए ।तनहुँको आँबुखैरेनी, बरादी, बन्दीपुर, घाँसीकुवा, छाङ, मनपाङ, बैदी, देउराली, तनहुँसुरलगायतका १२ गाविसलाई सुन्तला उत्पादनको दृष्टिले पकेट क्षेत्र तोकिएको छ । यस वर्ष तनहुँको सुन्तलाबाली लगाइएको क्षेत्रफल ५० हेक्टरले वृद्धि भएको छ । गतवर्ष १ हजार हेक्टरमा मात्र सुन्तला खेती भएकोमा यस वर्ष वृद्धि भई १ हजार ५० हेक्टर पुगेको छ ।      वर्ष ६ अंक ३५, बुधवार, २७ असोज, २०६७

सम्बन्धित सामग्री

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो

चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो

चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

सुन्तला उत्पादनमा वृद्धि

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट छ करोड १५ लाख आम्दानी भएको […]

सुन्तलाको उत्पादन बढ्यो

तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ ।

गुल्मीमा यो वर्ष सुन्तलाको उत्पादन बढ्यो

गुल्मी– गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो। अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन […]

उत्पादन र मूल्य बढेपछि सुन्तला कृषक उत्साहित

भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् । उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यस वर्ष १२० रुपैयाँमा विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्यमा पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी हुने आशा छ,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशीका पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरू बताउँछन् । कृषि बजारका थोक विक्रेता टीका...

उत्पादन र मूल्य बढेपछि सुन्तला कृषक उत्साहित

धरान । भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् । उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यस वर्ष १२० रुपैयाँमा विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्यमा पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी हुने आशा छ,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशीका पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरू बताउँछन् । कृषि बजारका थोक विक्रेता टीकाराम श्रेष्ठले मंसिर र पुसको पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । ‘हामीले कृषकबाट थोकमै प्रतिकेजी १२० रुपैयाँले खरीद गरेका छौं, यही सुन्तला व्यापारीले खुद्रामा १५० रुपैयाँसम्ममा विक्री गर्छन् ।’ कात्तिकदेखि चैतसम्म कृषि बजारमा सुन्तला आउने गर्छ । कृषि उपज बजार स्थलका अनुसार गतवर्षको मंसिरसम्ममा कृषि बजारबाट १ हजार ५० मेट्रिक टन कारोबार भएको थियो । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले गतवर्ष प्रतिकेजी १०० रुपैयाँको दरले मूल्यांकन गर्दा पनि करिब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बताए । यस वर्ष मंसिर मसान्तसम्ममा १ हजार २८० मेट्रिक टन सुन्तला आउँदा १३ करोड मूल्य बराबरको कारोबार भएको जानकारी उनले दिए ।   गतवर्ष पूर्वका पहाडी जिल्लाबाट ५ हजार ८३९ मेट्रिक टन सुन्तला बजारमा आएको थियो, जसको औसत मूल्य ५८ करोड रुपैयाँ बराबर हुन्छ । अहिले धरानस्थित कृषि बजारमा दैनिक ३५ देखि ५० मेट्रिक टनसम्म सुन्तला कारोबार भइरहेको भट्टराईले बताए । ‘विक्री भएको सुन्तला अहिले धनकुटाको बुधुक, बोधे, खोकु र भोजपुरबाट आइरहेको छ, सिजन अझै बाँकी रहेकाले सुन्तला आउने क्रम जारी छ,’ उनले भने । उनका अनुसार यस वर्षको सिजनभरि कृषि बजारबाट ६ हजार ५०० मेट्रिक टन सुन्तला कारोबार हुने आकलन गरिएको छ । कृषि बजारबाट पूूर्वकै इटहरी, विराटनगर, दमक, बिर्तामोड, राजविराज, लहान, जनकपुर लगायत शहरसहित सहित भारतीय बजारमा समेत सुन्तला निकासी हुने गरेको छ ।

भोजपुरमा सुन्तलाको कारोबारमा वृद्धि, कृषक लाभान्वित

पुस ६, धरान । भोजपुरका सुन्तला कृषक मणिराम राई यसवर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा पनि वृद्धि भएपछि दंग छन् ।  उनी भन्छन्, ‘यस वर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत वर्षको भन्दा बढी मूल्य पाएको छु, यसवर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत वर्ष कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यसवर्ष १२० रुपैयाँ प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यमा छु ।’ अघिल्लो वर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशी पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरु बताउँछन् । कृषि बजारका थोक विक्रेता टिकाराम श्रेष्ठले मंसिर र पुसको पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । उनले भने, ‘हामीले कृषकबाट होलसेलमा प्रतिकेजी १२० रुपैयाँले खरीद गरेका छौं, यही सुन्तला खुद्रामा व्यापारीले १५० रुपैयाँसम्म विक्री गर्ने गर्छन्् ।’ कात्तिक महीनादेखि चैत्र महीनासम्म कृषि बजारमा सुन्तला आउने गर्छन् ।  कृषि उपज बजार स्थलका अनुसार अघिल्लो वर्षको मंसिर सम्ममा कृषि बजारबाट १ हजार ५० मेट्रिक टन कारोबार भएको जानकारी दिएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले अघिल्लो वर्ष प्रतिकेजी १०० रुपैयाँको दरका हिसाबले मूल्यांकन गर्दा पनि औसत ११ करोड बराबरको सुन्तलाको कारोबार भएको बताए । उनी भन्छन्, ‘गत वर्षको यही समयको तुलनामा अहिले कृषि बजारबाट सुन्तलाको कारोबार बढी भएको छ ।’ उनले यसवर्ष मंसिर मसान्तसम्म १ हजार २८० मेट्रिक टन कारोबार हँुदा १३ करोड मूल्य बराबरको सुन्तला विक्री भएको बताए ।   आर्थिक वर्ष २०७७/७८ मा पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तला ५ हजार ८३९ मेट्रिक टन कारोबार भएको थियो । जसको औसत मूल्य ५८ करोड रुपैयाँ बराबरको छ । अहिले कृषि बजारमा सुन्तला दैनिक ३५ देखि ५० मेट्रिक टनसम्म कारोबार भइरहेको उनको भनाइ छ ।  उनले भने, ‘विक्री भएको सुन्तला अहिले धनकुटाको बूधूक, बोधे, खोकू भोजपूरबाट आईरहेको छ, सिजन अझै बाँकी रहेका कारण सुन्तला आउने क्रम जारी छ ।’ उनका अनुसार यस वर्षको सिजनभरी कृषि बजारबाट ६ हजार ५०० मेट्रिक टन अर्थात् ७१ करोड रुपैयाँ बराबरको सुन्तला कारोबार हुने आँकलन कृषि बजारले गरेको छ ।  कृषि बजारबाट सुन्तला पूूर्वकै ईटहरी, विराटनगर, दमक, बिर्तामोड, राजबिराज, लहान, जनकपुर लगायतका शहरहरु सहित भारतीय बजारमा पनि जाने गरेको व्यवस्थापक भट्टराई बताउँछन् ।

चितवनमा सुन्तलाको उत्पादकत्वसँगै उत्पादन पनि घट्यो

मंसीर २२, चितवन । चितवनमा पछिल्ला वर्षहरुमा सुन्तलाको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो वर्षभन्दा यो बर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको हो । चितवनको पहाडी क्षेत्र ईच्छाकामना गाउंँपालिकाको वडा नं २, ३, ४, ५, ६ मा किसानहरुले सुन्तलाखेती गर्दै आएका छन् ।  गाउँपालिकाको  तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिबहादुर नेपालले केही वर्षयता सुन्तलाका बोट मर्न थालेसंँगै उत्पादनमा ह्रास हुँदै गएकोे बताए ।  ‘कहिले असिना र हावापानीले  फूल झारेर पूर्ण रुपमा फल लाग्दैन’,  उनले भने, ‘कहिले फल्ने र पाक्ने बेलामा रोग लागेर उत्पादन हुँदैन ।’यहाँको स्थानीय जातको सुन्तलाको माग र फाईदा राम्रै भएपनि बर्षैपिच्छे उत्पादन घटिरहेको उनको भनाइ छ । राम्रै हावापानी र मलबीउको व्यवस्थापन गर्दा पनि बोट सुक्ने, पहेंलो हुदै गएका कारण उत्पादन हुन नसकेको उनले बताए । अघिल्लो वर्ष झण्डै प्रतिहेक्टर ८ दशमलब ८ टनको हाराहारीमा घटेको र अहिलेपनि प्रतिहेक्टर ८ टनले उत्पादनमा गिरावट आएको ज्ञान केन्द्रले जनाएको छ ।  ज्ञान केन्द्रका अनुसार उक्त गाउँपालिकामा सुन्तलाखेती योग्य जमीन २५० हेक्टर भएपनि करीब १२५ मा मात्रै हुँदै आएको छ । शुरुवाती क्षणमा सुन्तलाको उत्पादन र उत्पाकत्व वृद्धि भएपनि पछिल्ला बर्षहरुमा यसको उत्पादन घट्दो क्रममा छ ।  ज्ञान केन्द्रका सूचना अधिकारी मिन बहादुर पुनले यो वर्ष  प्रतिहेक्टर ८ टनले उत्पादनमा ह्रास  भएको बताए । ‘उत्पादनमा मात्र होइन प्रतिहेक्टर उत्पाकत्वमा पनि ह्रास आएको छ’, सूचना अधिकारी पुनले भने ।  उनका अनुसार सुन्तलाको बोट पुरानो हुँदै जानु, किसानमा बगैंचा व्यवस्थापनको ज्ञानको कमी, सिंचाईको अभावलगायत निषेधाज्ञाका कारण सुन्तला ब्लक कार्यक्रमलाई सुचारु गर्न नसकिएका कारण पनि उत्पादनमा ह्रास आएको हो । एउटै प्रकारको फलफूल विरुवा कलमी नगरी  उत्पादन घट्ने र रोगको जोखिम पनि उत्तिकै हुने पुनको भनाई छ ।  कृषि विज्ञका अनुसार कुनैपनि अन्नबालीमा एकैप्रकारको बीउ र वागवानी बाली नियमित कलमी नगरिकन विरुवा रोप्दा त्यसले अपेक्षित उत्पादन दिन सक्दैन । १ देखि २ वर्षको फरक पारेर कलमी गरेको फलफूलको विरुवा प्रतिस्थापन गर्दा  उत्पादन पनि बढ्ने र रोगपनि कम लाग्ने गरेको उनीहरुको भनाइ छ ।  कृषि ज्ञान केन्द्रले इच्छाकामनाको वडा नम्बर ५ मा रहेको तामिन क्षेत्र, वडा नम्बर २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । यहांँ सबै पकेट क्षेत्रलाई मिलाएर झन्डै १०० हेक्टरलाई ज्ञान केन्द्रले सुुन्तलाको ब्लक क्षेत्र घोषणा गरेको छ ।  इच्छाकामनाको वडा नम्बर  ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । यहाँ १०० बीघाभन्दा बढी जमीनमा सुन्तलाखेती गरिएको छ । यसैगरी वडा नम्बर ५ मा ५० बीघामा, वडा नम्बर २ मा करीब ३० बीघाभन्दा बढीमा सुन्तलाखेती गरिएको  छ । यहाँ उत्पादन भएका सुन्तला रसिलो र स्वादिलो हुने गरेकोले पनि यसको माग उत्तिकै छ ।  यहाँको सुन्तला विशेषगरी मुग्लिन बजार, पोखरा एवं काठमाडौंमा विक्रीवतरण हुने गरेको छ ।