भोजपुरमा सुन्तलाको कारोबारमा वृद्धि, कृषक लाभान्वित

पुस ६, धरान । भोजपुरका सुन्तला कृषक मणिराम राई यसवर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा पनि वृद्धि भएपछि दंग छन् ।  उनी भन्छन्, ‘यस वर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत वर्षको भन्दा बढी मूल्य पाएको छु, यसवर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत वर्ष कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यसवर्ष १२० रुपैयाँ प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यमा छु ।’ अघिल्लो वर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशी पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरु बताउँछन् । कृषि बजारका थोक विक्रेता टिकाराम श्रेष्ठले मंसिर र पुसको पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । उनले भने, ‘हामीले कृषकबाट होलसेलमा प्रतिकेजी १२० रुपैयाँले खरीद गरेका छौं, यही सुन्तला खुद्रामा व्यापारीले १५० रुपैयाँसम्म विक्री गर्ने गर्छन्् ।’ कात्तिक महीनादेखि चैत्र महीनासम्म कृषि बजारमा सुन्तला आउने गर्छन् ।  कृषि उपज बजार स्थलका अनुसार अघिल्लो वर्षको मंसिर सम्ममा कृषि बजारबाट १ हजार ५० मेट्रिक टन कारोबार भएको जानकारी दिएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले अघिल्लो वर्ष प्रतिकेजी १०० रुपैयाँको दरका हिसाबले मूल्यांकन गर्दा पनि औसत ११ करोड बराबरको सुन्तलाको कारोबार भएको बताए । उनी भन्छन्, ‘गत वर्षको यही समयको तुलनामा अहिले कृषि बजारबाट सुन्तलाको कारोबार बढी भएको छ ।’ उनले यसवर्ष मंसिर मसान्तसम्म १ हजार २८० मेट्रिक टन कारोबार हँुदा १३ करोड मूल्य बराबरको सुन्तला विक्री भएको बताए ।   आर्थिक वर्ष २०७७/७८ मा पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तला ५ हजार ८३९ मेट्रिक टन कारोबार भएको थियो । जसको औसत मूल्य ५८ करोड रुपैयाँ बराबरको छ । अहिले कृषि बजारमा सुन्तला दैनिक ३५ देखि ५० मेट्रिक टनसम्म कारोबार भइरहेको उनको भनाइ छ ।  उनले भने, ‘विक्री भएको सुन्तला अहिले धनकुटाको बूधूक, बोधे, खोकू भोजपूरबाट आईरहेको छ, सिजन अझै बाँकी रहेका कारण सुन्तला आउने क्रम जारी छ ।’ उनका अनुसार यस वर्षको सिजनभरी कृषि बजारबाट ६ हजार ५०० मेट्रिक टन अर्थात् ७१ करोड रुपैयाँ बराबरको सुन्तला कारोबार हुने आँकलन कृषि बजारले गरेको छ ।  कृषि बजारबाट सुन्तला पूूर्वकै ईटहरी, विराटनगर, दमक, बिर्तामोड, राजबिराज, लहान, जनकपुर लगायतका शहरहरु सहित भारतीय बजारमा पनि जाने गरेको व्यवस्थापक भट्टराई बताउँछन् । 

सम्बन्धित सामग्री

पशु स्वास्थ्य शिविरबाट चार सय कृषक लाभान्वित

पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–६, बुल्टारमा भएको एक दिने निःशुल्क शिविर बाट रामपुर क्षेत्रका कृषकहरू लाभान्वित भएका हुन् ।

नमुना पशु अस्पतालबाट चार जिल्लाका कृषक लाभान्वित

तनहुँ, २२ चैत । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र नवलपरासीलगायत आसपास क्षेत्रका कृषकले सहजै सेवा पाउने भएका हुन् । गण्डकी प्रदेश सरकारको रू चार करोड ९० लाख लागतमा डेढ वर्षभित्र […]

पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित

लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]

पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित

लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]

म्याग्दीका कृषकलाई दुई करोड अनुदान : चार सय ३२ कृषक लाभान्वित

म्याग्दी : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड रुपैयाँ अनुदान वितरण गरेको छ। केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रममार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख रुपैयाँ अनुदान पाएका हुन्। केन्द्रका प्रमुख जीवन प्रसाद आचार्यले दूध, मासु, अण्डा…

तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित

पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँँका कृषक लाभान्वित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्।...

कृषि बिमाबाट कृषक लाभान्वित

लमजुङ । यहाँका १८ कृषक कृषि बिमाबाट लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७७/२०७८ मा लमजुङमा सो सङ्ख्यामा कृषक तथा कृषिफार्म बिमाबाट लाभान्वित भएका हुन् । व्यावसायिकरुपमा कृषि पेशामा अघि बढेका कृषक तथा फार्म गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहतबाट लाभान्वित भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

डेढ दर्जन कृषक तथा फार्म कृषि बिमाबाट लाभान्वित

गत आर्थिक वर्षमा लमजुङका डेढ दर्जन कृषक तथा कृषिफार्म कृषि बिमाबाट लाभान्वित भएका छन् । व्यावसायिक कृषिमा लागेर विभिन्न बाली उत्पादन गर्दै आएका १८ कृषक तथा कृषि फार्महरु प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहातबाट लाभान्वित भएका हुन् ।कृषिज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा अलैंची, गोलभेंडा, कफी, मौरी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषकहरु बिमा […]

कोभिड प्रभावित कृषकलाई चल्ला खरिदमा राहत

लमजुङ-कोरोना प्रभावित कुखुरा व्यवसायीहरुलाई राहात मिल्ने गरी चल्ला आयात गर्न सरकारले रकम विनियोजन गरे अनुरुप लमजुङका ७१ जना कृषक लाभान्वित हुने भएका छन् । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कुखुरा पालन गर्दै आएका ७१ जना कृषक राहतका लागि छनौट भएका हुन् ।विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै लकडाउनका कारण प्रभावित जिल्लाका कुखुरापालक कृषकहरुलाई ब्रोइलर र लेयर्स कुखुराको […]