उत्पादन र मूल्य बढेपछि सुन्तला कृषक उत्साहित

धरान । भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् । उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यस वर्ष १२० रुपैयाँमा विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्यमा पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी हुने आशा छ,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशीका पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरू बताउँछन् । कृषि बजारका थोक विक्रेता टीकाराम श्रेष्ठले मंसिर र पुसको पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । ‘हामीले कृषकबाट थोकमै प्रतिकेजी १२० रुपैयाँले खरीद गरेका छौं, यही सुन्तला व्यापारीले खुद्रामा १५० रुपैयाँसम्ममा विक्री गर्छन् ।’ कात्तिकदेखि चैतसम्म कृषि बजारमा सुन्तला आउने गर्छ । कृषि उपज बजार स्थलका अनुसार गतवर्षको मंसिरसम्ममा कृषि बजारबाट १ हजार ५० मेट्रिक टन कारोबार भएको थियो । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले गतवर्ष प्रतिकेजी १०० रुपैयाँको दरले मूल्यांकन गर्दा पनि करिब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बताए । यस वर्ष मंसिर मसान्तसम्ममा १ हजार २८० मेट्रिक टन सुन्तला आउँदा १३ करोड मूल्य बराबरको कारोबार भएको जानकारी उनले दिए ।   गतवर्ष पूर्वका पहाडी जिल्लाबाट ५ हजार ८३९ मेट्रिक टन सुन्तला बजारमा आएको थियो, जसको औसत मूल्य ५८ करोड रुपैयाँ बराबर हुन्छ । अहिले धरानस्थित कृषि बजारमा दैनिक ३५ देखि ५० मेट्रिक टनसम्म सुन्तला कारोबार भइरहेको भट्टराईले बताए । ‘विक्री भएको सुन्तला अहिले धनकुटाको बुधुक, बोधे, खोकु र भोजपुरबाट आइरहेको छ, सिजन अझै बाँकी रहेकाले सुन्तला आउने क्रम जारी छ,’ उनले भने । उनका अनुसार यस वर्षको सिजनभरि कृषि बजारबाट ६ हजार ५०० मेट्रिक टन सुन्तला कारोबार हुने आकलन गरिएको छ । कृषि बजारबाट पूूर्वकै इटहरी, विराटनगर, दमक, बिर्तामोड, राजविराज, लहान, जनकपुर लगायत शहरसहित सहित भारतीय बजारमा समेत सुन्तला निकासी हुने गरेको छ ।

सम्बन्धित सामग्री

उत्पादन र मूल्य बढेपछि सुन्तला कृषक उत्साहित

भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् । उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यस वर्ष १२० रुपैयाँमा विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्यमा पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी हुने आशा छ,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशीका पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरू बताउँछन् । कृषि बजारका थोक विक्रेता टीका...

बोटबाटै सुन्तला बिक्री भएपछि म्याग्दीका कृषक दंग - Naya Patrika

बेनी नगरपालिका–३ भकिम्ली मरेकका प्रेम थापाले बारीबाटै सुन्तला विक्री गरे । काठमाण्डौ र पोखराबाट गाउँमै आएका व्यापारीले काँचो अवस्थामा रहेका सुन्तलाको बोटै खरिद गरेपछि मरेकका सुन्तला कृषक उत्साहित छन् ।...पूरा पढ्नुहोस् »