भोजपुरका सुन्तला कृषक मणिराम राई यस वर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा वृद्धि भएपछि दंग छन् ।
उनका अनुसार गतवर्ष धरानको कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यस वर्ष १२० रुपैयाँमा विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्यमा पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी हुने आशा छ,’ उनले भने ।
गतवर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशीका पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरू बताउँछन् । कृषि बजारका थोक विक्रेता टीका...