कैलालीमा कोरोनाभाइरस (कोभिड–१९) का कारण आइतबार एक जनाको मृत्यु भएको छ ।कैलालीको सेती प्रादेशिक अस्पतालमा साउन १८ गतेदेखि उपचाररत जोशीपुर–२ का २८ वर्षीय एक पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।कडा खालको निमोनियाका कारण अस्पतालमा भर्ना गरिएका उनको पिसीआर परीक्षण गर्दा कोरोना पुष्टी भएको उनले बताए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आइतबार राति उनको मृत्यु भएको श्रेष्ठले बताए ।शवको व्यवस्थापन तेघरी ब्यारेक