सल्यान : कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–३ की ६५ वर्षीया महिला सल्यान अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए। यससँगै सल्यानमा मृत्यु हुनेको संख्या २६ पुगेको छ।