मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन निजी क्षेत्रले गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिएको छ । निजी क्षेत्रका तीन ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयूक्त रुपमा गभर्नर अधिकारीसँग आगामी मौद्रिक नीतिका सम्बन्धमा छलफल गरेको छ ।