खुकुलो मौद्रिक नीति ल्याउन सुझाव

विराटनगर । अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति ल्याइनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बताएको छ । महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आगामी मौद्रिक नीतिका लागि विभिन्न १५ बुँदामार्फत नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका हुन् । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बजेटको लक्ष्य पूरा गर्न र बजार चलायमान बनाउन खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका छन् । महासंघ कोशी प्रदेशले रू. १ करोडमाथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जामा १५० प्रतिशत जोखिम भारित सम्पत्ति गणना गर्नुपर्ने व्यवस्था १०० प्रतिशतमा झारिनुपर्ने सुझाएको छ । यस्तै घर निर्माण कर्जामा रहेको रू. १ करोड ५० लाखको सीमा ३ करोडदेखि ४ करोडसम्म पुर्‍याउन आग्रह गरिएको छ । चालू पूँजी कर्जा मार्ग दर्शनका कारण बजारमा मन्दी आएको भन्दै महासंघ, कोशी प्रदेशले उक्त मार्ग दर्शनलाई समयसापेक्ष बनाउन माग गरेको छ । चालू पूँजी कर्जा मार्ग दर्शनका आधारमा वर्षको एकपटक ७ दिनसम्म कर्जा शून्यमा झारिनुपर्ने व्यवस्था खारेज गर्न आग्रह गरिएको छ ।  यसैगरी संस्थागत निक्षेपकर्ताको मुद्दती निक्षेपको अधिकतम ब्याजदर आधारदरभन्दा २ प्रतिशत कम गर्न माग गरिएको छ । निर्यातमूलक तथा बढी रोजगारी दिने उद्योगको कर्जामा लाग्ने ब्याजलाई विनाशर्त पुनर्तालिकीकरण गरी उद्योग सञ्चालनको वातावरण मिलाउन महासंघ, कोशी प्रदेशले आग्रह गरेको छ । साथै कृषिमा वैदेशिक लगानी भित्त्याउने बाटो खोलिनुपर्ने बताइएको छ ।

सम्बन्धित सामग्री

सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।...

उत्पादनमा लगानी विस्तार गर्ने मौद्रिक नीति ल्याउन सुझाव

नेपाल उद्योग परिसंघले उत्पादन र प्राथमिकताप्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । परिसंघले मंगलबार नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिका लागि...

अर्थतन्त्रको समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन परिसंघको माग

२३ असार, काठमाडौं । मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । परिसंघले बिहीबार मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । […]

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह

काठमाडौँ,२५ जेठ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना […]

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह

काठमाडौँ – नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट […]

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई नाट्टाको आग्रह

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन […]

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।  नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनः कर्जा कार्यविधिमा गरेक

मौद्रिक नीति ल्याउन राष्ट्र बैङ्कले अब बजेटलाई नपर्खने

आइतबार सरकारले राज्य सञ्चालनका लागि ‘संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेपछि मौद्रिक नीति ल्याउन राष्ट्र बैङ्कलाई ढोका खुलेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ का लागि अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनको पक्ष के हुने भन्ने अन्योलकै बीच मौद्रिक नीति ल्याउन बजेटलाई पर्खिएको राष्ट्र बैङ्कले अब नपर्खिने भएको हो ।हिजो मात्र सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमलाई नै राष्ट्र बैङ्कले मौद्रिक नीति तय गर्नका लागि बजेटको आधार मानेको छ । त्यसो त प

प्रादेशिक मौद्रिक नीति ल्याउन गण्डकी प्रदेश सरकारको सुझाव

गण्डकी प्रदेश सरकारले प्रादेशिक रुपमा मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । देश संघीयताको मोडलमा गए पनि प्रादेशिक रुपमा मौद्रिक नीति आउन नसक्दा आर्थिक समृद्धि र विकास गर्न बाधा भएकाले आर्थिक विकासको लक्ष्य पूरा गर्न पनि प्रादेशिक मौद्रिक नीति आवश्यक भएको प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले बताए । उपाध्यक्ष काफ्लेले […]