नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखि र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै परिसंघले विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो । लगानीयोग्य तरलताको अभाव, भुक्तानी सन्तुलन,विश्व भू–राजनीति र मूल्यवृद्धि, संकट उन्मुख अर्थ व्यवस्था,औद्योगीकरण, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन लगायतका विद्यमान चुनौ