कसरी अघि बढ्दैछ महाभियोग प्रक्रिया ? एमाले सहमत नभए बहुमतको प्रतिवेदन बुझाइने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग सिफारिस समितिले तीनदिन बयान लिइसकेको छ । प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले ४३ प्रश्न तयार पारेकोमा जबराले ३५ प्रश्नको जवाफ दिइसकेका छन् । अब उनले ८ प्रश्नको जवाफ दिनुपर्ने छ । त्यससँगै मंगलबार नै उनलाई छोटो समयमा सक्नेगरी पूरक प्रश्न पनि सोध्ने...

सम्बन्धित सामग्री

चोलेन्द्रमाथि महाभियोग लगाउने सत्ता गठबन्धका ९ कारण, के के छन् आधार?

काठमाडौंः महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन बुझाएको छ। बहुमत सदस्यहरुले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका हुन्। फरक मत लेख्ने एमाले तथा लोसपाका पाँच सदस्य प्रतिवेदन हस्तान्तरणमा सहभागी भएनन्।  प्रतिवेदन बुझाइए पनि बाँकी प्रक्रिया अघि बढ्ने छैन। प्रतिनिधि सभाको…

सभामुखको जवाफ एमालेको बटमलाइन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग छानबिन प्रक्रिया अघि बढाउनुअघि दुई प्रश्नको जवाफ सभामुखले नै स्पष्ट पार्नुपर्ने अडान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राखेको छ। उठाइएका प्रश्नमा सभामुखबाट जवाफ आएपछि मात्र बैठक सञ्चालनको कार्यविधि र कार्यतालिका निर्माणको कार्यसूचीमा प्रवेश गर्नुपर्ने अडान एमालेको छ। कार्यतालिका र कार्यविधि निर्माणसँग नै प्रश्न सम्बन्धित रहेको भन्दै एमालेले उक्त माग गरेको हो। एमालेको अडानका कारण महाभियोग सिफारिस समितिको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। कार्यविधि र कार्यतालिका निर्माण मङ्गलबारको बैठकको कार्यसूची थियो।

सिफारिस समितिमा एमालेकाे आपत्ति : प्रक्रिया कानुनविपरीत, छिट्टै टुंग्याउनुपर्छ

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगमा प्रक्रियाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ।  जबराविरुद्धको महाभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा एमालेले आपत्ति जनाएको हो। सिंहदरबारमा बसेको बैठकमा बोल्दै एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘महाभियोग प्रक्रियामा कानुनविपरीत भइरहेको छ। हामीलाई चोलेन्द्रलाई महाभियोग ठहर गर्नैपर्छ भन्ने छैन। दोषी भए भए कारबाही हुनुपर्छ। निर्दोष मुक्त ह

महाभियोग टुङ्गो लगाउन आग्रह

करिब ६ महिनादेखि अलपत्र रहेको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा समितिको प्रक्रिया छिटो अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सदस्यहरूलाई आग्रह गर्नुभएको छ। सिफारिस समितिको बैठक सहजीकरणका लागि सभामुख सापकोटाले बुधबार बैठक बोलाउनुभएको थियो। बैठकमा सापकोटाले छानबिन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भने ६ महिनासम्म अलपत्र प्रस्ताव कार्यकालको अन्तिम समयमा समितिमा पठाइनुको औचित्य सभामुखसँग सोधेको छ।

महाभियोग प्रस्ताव अघि बढाउन एमालेको दबाब

प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढाउन प्रमुख प्रतिपक्ष एमालेले दबाब बढाएको छ । बुधबार प्रतिनिधिसभाको शून्य समयमा एमाले सांसद खगराज अधिकारीले महाभियोग प्रस्तावको प्रक्रिया अघि नबढेकोमा आपत्ति जनाए । यसअघि...

प्रक्रिया अघि बढाउन एमालेको माग

काठमाडौं, जेठ २५ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ। एमाले यो प्रस्तावलाई महाभियोग सिफारिस समितिमा लगेर असफल तुल्याउने रणनीतिमा छ। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकमा एमालेका सांसदले सो प्रस्ताव समितिमा पठाउन माग गरेका हुन्। महाभियोग सिफारिस समितिमा एमालेका चारजना, कांग्रेस र माओवादी केन्द्रका दुईदुई […]

संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी : कानुन मन्त्री बडु

काठमाडौँ- कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मिसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन्। त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने […]

अघि बढ्दै प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया, समिति गठन हुँदै

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । प्रतिनिधि सभाको बैठक अघि नयाँ बानेश्वरमा बसेको बैठकमा महाभियोग अघि बढाउन समिति गठन गर्ने र त्यसका लागि राजनीतिक दलबाट समिति सदस्यको नाम माग्ने निर्णय भएको छ । दलहरुले समिति गठनका लागि आफ्नो दलका सांसदको नाम दिन थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले भने आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी थिएन । एमालेका प्रमुख सचेतक विशाल भट