प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । प्रतिनिधि सभाको बैठक अघि नयाँ बानेश्वरमा बसेको बैठकमा महाभियोग अघि बढाउन समिति गठन गर्ने र त्यसका लागि राजनीतिक दलबाट समिति सदस्यको नाम माग्ने निर्णय भएको छ । दलहरुले समिति गठनका लागि आफ्नो दलका सांसदको नाम दिन थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले भने आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी थिएन । एमालेका प्रमुख सचेतक विशाल भट