महाभियोग टुङ्गो लगाउन आग्रह

करिब ६ महिनादेखि अलपत्र रहेको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा समितिको प्रक्रिया छिटो अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सदस्यहरूलाई आग्रह गर्नुभएको छ। सिफारिस समितिको बैठक सहजीकरणका लागि सभामुख सापकोटाले बुधबार बैठक बोलाउनुभएको थियो। बैठकमा सापकोटाले छानबिन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भने ६ महिनासम्म अलपत्र प्रस्ताव कार्यकालको अन्तिम समयमा समितिमा पठाइनुको औचित्य सभामुखसँग सोधेको छ।

सम्बन्धित सामग्री

सर्वोच्च परिसरमा किन छ प्रहरीको व्यापक तैनाथी ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार ११ बजे सर्वोच्च अदालत आउने बताएपछि सरकारले बालुवाटारस्थित सरकारी निवासमा नै जबरालाई रोकेर राखियो । बिहान ११ बजे सर्वोच्च अदालत आउने भनेका जबरालाई सरकारले निवासबाट बाहिर निस्कन दिएन । जबरामाथि लागेको महाभियोगको टुङ्गो नलाग्दै असोज २ गतेबाट संसद्को कार्यकाल सकिए लगत्तै महाभियोग समेत निष्क्रिय हुने तर्क गर्दै जबरा सर्वोच्चमा आउन खोजेका थिए । तर संसद् सचिवालयले जबरालाई निलम्बन फुकुवाको पत्र नदिएको र महाभियोग सिफारिस समितिले समेत महाभियोग जा

कार्यपालिकाको छायामा न्यायपालिका

६ महिना लामो निलम्बनपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने तयारीमा थिए । महाभियोगको प्रस्तावबारे टुङ्गो नलाग्दै संसद्को कार्यकाल सकिएपछि महाभियोग पनि निष्क्रिय भएको भन्दै जबरा आइतबार सर्वोच्च आउन लाग्दा सरकारले नै जबरालाई रोकेको छ । शनिवार रातीबाट संसद्‍को कार्यकाल सकिएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार बिहानै सर्वोच्चका कामु मुख्य रजिष्ट्रारलाई सम्पर्क गरी आफू सर्वोच्च अदालत आउने भएकाले सवारीसाधन पठाइदिन निर्देशन दिएका थिए

प्रधानन्यायाधीश विरुद्धको महाभियोग अब सभामुखको जिम्मा

काठमाडौं : कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनले प्रधानन्यायाधीशको पदीय दायित्व वहन गर्न नपाउने भएका छन्। महाभियोगको प्रक्रिया प्रारम्भ भएपछि प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले प्रक्रिया टुङ्गो नलागेसम्म पदीय कार्य सम्पादन गर्न नपाउने संवैधानिक व्यवस्था छ। अर्थात महाभियोग दर्ता भएसँगै यस्ता पदधारण गरेकाहरू निलम्बनमा पर्

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : अबको प्रक्रिया के ?

काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएसँगै उहाँ पदबाट स्वतः निलम्बनमा पर्नुभएको छ । नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार राणाले महाअभियोगको टुङ्गो नलागेसम्म प्रधानन्यायाधीशको रूपमा कुनै पनि काम गर्न पाउनु हुने छैन । अब सभामुखले सात दिनपछिको कुनै संसद् बैठकमा राणाविरूद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुपर्छ । प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई ति...

माओवादीले मन्त्री टुंग्यायो, कसलाई कुन मन्त्रालय?

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ। यसअघि तीन मन्त्रालय पाएको माओवादीले थप ६ जना मन्त्री र ३ राज्यमन्त्री पठाउन लागेको हो। माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बन्दैछन्। उनी चौथो पटक मन्त्री बन्न लागेका हुन्। पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। त्यस्तै महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बन्दैछन्। लोकमानसिंह कार्की विरुद्ध महाभियोग दर्ता…