भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेका ४० राँगा बरामद

सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका-१० मा रहेकाे बलान खोलाबाट प्रहरीले लाखौँको अवैध राँगा बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सप्तरी प्रहरीले झण्डै १ लाख ६० हजार मूल्य बराबरको ४० वटा राँगा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले बलान खोलाको पश्चिमी किनाराबाट राँगा बरामद गरेकाे हाे ।  बरामद गरेका राँगालाई थप अनुसन्धान...

सम्बन्धित सामग्री

भन्सार छलेर कोइलावास नाकाबाट नेपाल भित्र्याउँदै गरेको बोइलर कुखुराको चल्ला बरामद

दाङ- भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला कोइलावासमा बरामद गरिएको छ। संयुक्त गस्ती टोलीले गढवा गाउँपालिका- ८ को कोइलावास दशगजा क्षेत्र हुँदै नेपाल भित्र्याउन थालेको एक हजार तीन सय ६८ वटा बोइलर कुखुराको चल्ला बरामद गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले जानकारी दिए। भन्सार कार्यालय, सशस्त्र प्रहरी सीमा प्रहरी कार्यालय […]

१० लाखको मोबाइल बरामद

परासी । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाख बढी मूल्य बराबरकाे मोबाइल सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ । भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–५ को भगतपुराबाट १० लाख ६२ हजार मूल्य बराबरको ३६ थान मोबाइल बरामद गरिएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी डीएसपी भोजराज पाण्डेले बताउनु भयाे । बरामद […]

भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा

नवलपरासी । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नवलपरासीले ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा लिइएकाे छ । सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो । ट्रकमा चिनी बोकेर लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो । एक ट्रकमा ४ सय २० […]

भन्सार छलेर ल्याउँदै गरेका कपडा बरामद

मकवानपुरको रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याएको ७ बोरा कपडा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्ने क्रममा बसको डिकी र छतमा लुकाएर ल्याएको सो परिमाणको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।प्रहरीका अनुसार उक्त बसबाट कुर्ता

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी बरामद

काठमाडौं, असार २८ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा […]

अवैध कपडा र चिनी बरामद

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य

दुई दिनमा एक करोडको अवैध सामान बरामद

झापा, बैशाख १ । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर […]

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा […]

भारतबाट भन्सार छलेर ल्याइएका आठ किलो चाँदीका गहना बरामद

नेपालगन्ज– बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ। भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो। जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना […]

बाँके प्रहरीद्वारा भन्सार छलेर ल्याइएका साढे २ लाखका अवैध सामग्री बरामद

बुटवल : बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। भारतबाट भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरिएका २ लाख ४६ हजार ४४० रुपैयाँ बराबरका अवैध सामग्रीलाई नेपालगन्ज १० बाट बरामद गरिएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्। एसपी अधिकारीका अनुसार बरामद गरिएका सामग्रीमा कुर्ता सुरुवाल,…