भन्सार छलेर कोइलावास नाकाबाट नेपाल भित्र्याउँदै गरेको बोइलर कुखुराको चल्ला बरामद

दाङ- भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला कोइलावासमा बरामद गरिएको छ। संयुक्त गस्ती टोलीले गढवा गाउँपालिका- ८ को कोइलावास दशगजा क्षेत्र हुँदै नेपाल भित्र्याउन थालेको एक हजार तीन सय ६८ वटा बोइलर कुखुराको चल्ला बरामद गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले जानकारी दिए। भन्सार कार्यालय, सशस्त्र प्रहरी सीमा प्रहरी कार्यालय […]