बाँके प्रहरीद्वारा भन्सार छलेर ल्याइएका साढे २ लाखका अवैध सामग्री बरामद

बुटवल : बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। भारतबाट भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरिएका २ लाख ४६ हजार ४४० रुपैयाँ बराबरका अवैध सामग्रीलाई नेपालगन्ज १० बाट बरामद गरिएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्। एसपी अधिकारीका अनुसार बरामद गरिएका सामग्रीमा कुर्ता सुरुवाल,…

सम्बन्धित सामग्री

३७ लाख मूल्यका अवैध मोटर पार्ट्स मोरङ प्रहरीले राजस्वमा बुझायो

३७ लाख मूल्य बराबरका मोटर पार्ट्स मोरङ प्रहरीले बरामद गरेर थप अनुसन्धानका लागि राजस्व कार्यालयमा बुझाएको छ। विराटनगर महानगरपालिका–१२ रोडशेस चोकबाट  मंगलबार राति  भन्सार छलेर भित्राउँदै गरेको अवैध सामग्री प्रहरीले...

दुई दिनमा एक करोडको सामान बरामद

झापा । भन्सार छलेर भारतबाट नेपाल भिœयाइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रू. एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ ।      मंगलवार र बुधवार भन्सार छलेर ल्याइँदै गरेको अवस्थामा प्रहरीले बिस्कुट, सुपारी, कपडा र मोटरपार्ट्स (तीनओटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधवार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्ट्स सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को १ ज २४४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त सामग्री बरामद गरेको उनले बताए । रासस

दुई दिनमा एक करोडको अवैध सामान बरामद

झापा, बैशाख १ । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर […]

प्रहरीकै सेटिङमा भित्रिँदै अवैध सामग्री

उत्तम नेपाल, भद्रपुर ।  स्थानीय प्रहरीकै सेटिङमा सीमानाकाबाट अवैध सरसामान भन्सार छलेर नेपाल भित्रिने गरेको पाइएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सीमानाकामा कडाइ गर्न निर्देशन दिएपछि सादा पोशाकमा खटिएका प्रहरीले भटाभट सरसामान पक्रन थालेपछि सो कुराका खुलासा भएको हो । स्थानीय प्रहरीले सरसामान बरामद नगरेको अवस्थामा जिल्लाबाट खटिएका सादा […]