काठमाडौं : सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँजसो सिंहदरबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन्। पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन्। निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागु हुने गरेको छैन। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि सरुवा नभई एउटै कार्यालयमा जरोकिलो गाढेर बस