धितोपत्र दोस्रो बजारमा ८१ करोडभन्दा बढीको कारोबार, सोनापुर मिनरल्सको सर्वाधिक हिस्सा

काठमाडौं । बुधवार धितोपत्र दोस्रो बजारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार यो दिन उक्त रकम बराबरको ३३ लाख ६४ हजार ५६ कित्ता धितोपत्र कारोबार भएको हो ।  मंगलवारको तुलनामा कारोबार रकम बढेको हो । मंगलवार ५७ करोड १४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको २२ लाख ५८ हजार १८७ कित्ता धितोपत्र कारोबार भएको थियो । यो दिन बजार भने घटेको छ । मंगलवारको तुलनामा बुधवार नेप्से परिसूचक ५ दशमलव ८३ अंक घटेर १ हजार ८५८ दशमलव ५६ विन्दुमा झरेको हो ।  घटेको बजारमा कारोबार रकम भने बढेको हो । यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको बुधवार सर्वाधिक १४ करोड ६० लाख रुपैयाँभन्दा बढीको ६ लाख १६ हजार ७७५ कित्ता शेयर कारोबार भएको हो ।  अघिल्ला तीन कारोबार दिन निरन्तर सर्किट लेभलमा मूल्य घटेको कम्पनीको शेयर खरीदका लागि बुधवार भने लगानीकर्ता सक्रिय रहेको देखियो । बुधवार भने कम्पनीको शेयर मूल्य ७ दशमलव ९९ प्रतिशत अर्थात् २० रुपैयाँ ४० पैसाले घटेर अन्तिम मूल्य २३४ रुपैयाँ ८० पैसा कायम भएको छ । कम्पनीको शेयर मूल्य यो दिन सर्वाधिक घटेको हो ।  बुधवार न्यूनतम २३० रुपैयाँसम्म कम्पनीको शेयर मूल्य झरेको थियो । आईपीओभन्दा तल कम्पनीको शेयर मूल्य कायम भएसँगै लगानीकर्ता खरीद गर्न सक्रिय भएको ब्रोकरहरूको भनाइ छ । यस कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको थियो । बुधवार घटेको बजारमा सयपत्री हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९ दशमलव ३९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँ ९० पैसाले बढेर अन्तिम मूल्य ५५८ रुपैयाँ कायम भएको हो । यो दिन हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पनि ८ दशमलव ५४ प्रतिशत बढेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य ६०० रुपैयाँ कायम भएको छ । बुधवार लगानी समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ भने अन्य सबै समूहको घटेको छ । यो दिन बैंकिङको शून्य दशमलव शून्य २ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३८ प्रतिशत, वित्तको शून्य दशमलव ३७ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव शून्य १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ४० प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७० प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३६ प्रतिशत, अन्यको शून्य दशमलव २२ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ५३ प्रतिशत परिसूचक घटेको हो । बुधवार कुल बजार पूँजीकरण २८ खर्ब ६२ अर्ब ९९ करोड ३२ लाख कायम भएको छ । मंगलवार यो रकम २८ खर्ब ७१ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ थियो । मंगलवारको तुलनामा बुधवार कुल बजार पूँजीकरण ८ अर्ब ९९ करोड ४६ लाखले घटेको छ । मंगलवार एकै दिन कुल बजार पूँजीकरण २२ अर्ब रुपैयाँभन्दा बढीले घटेको थियो ।

सम्बन्धित सामग्री

मेगा स्टक मार्केट्सद्वारा धितोपत्र दलाल सेवा सुरू

मेगा स्टक मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सुरु गर्ने भएको छ।...

मेगा स्टक मार्केट्सद्वारा धितोपत्र दलाल सेवा सुरू

मेगा स्टक मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सुरु गर्ने भएको छ।...

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।...

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।...

११ संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ । बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ । […]

धितोपत्र सम्बन्धी कसुरको अनुसन्धान प्रहरीलाई दिइँदै

२ फागुन, काठमाडौं । धितोपत्र सम्बन्धी कसुरको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीले पाउने भएको छ । संसद सचिवालयमा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर धितोपत्र सम्बन्धी ऐनको विभिन्न दफा बमोजिमको कसूरमा प्रहरीलाई प्रवेश दिन लागिएको हो । नेपाल सरकारले संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी […]

धितोपत्र नियमावली संशोधनविरुद्धको रिट खारेज

धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधनविरुद्ध परेको रिट बुधबार खारेज भएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा...

धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो ।अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । अन्तिम दिनमा सार्वजनिक विदा परेमा भोलिपल्ट कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)  नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डल

नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, […]

धितोपत्र बोर्ड, सञ्चालक र इन्साइडर ट्रेडिङ

धितोपत्र बोर्डको वेबसाइटभित्र बोर्ड सञ्चालकको सूचीमा गएमा हामी धितोपत्र बोर्डका सञ्चालकहरूको नाम, फोटो र प्रतिनिधित्व पाउँछौं । अध्यक्ष कार्यकारी हुने भएकाले बोर्डका अध्यक्षका बारेमा धेरैलाई चासो भए पनि अन्य सञ्चालकका बारेमा पुँजीबजारले खासै चासो राखेको देखिँदैन । तर पनि धितोपत्र बोर्डका हरेक महŒवपूर्ण निर्णय सञ्चालक समितिले नै पारित गर्ने गर्छ, चाहे नयाँ निर्देशिका होस् वा […]