११ संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ । बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ । […]

सम्बन्धित सामग्री

मेगा स्टक मार्केट्स सञ्चालनमा

काठमाडौं। मेगा स्टक मार्केट्स लिमिटेडको उद्घाटन गरिएको छ । नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नम्बर ७५ र सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेसँगै कम्पनीको उद्घाटन गरिएको हो । शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त कम्पनीको उद्घाटन गरेका थिए । कम्पनीले सुशासन तथा नियम परिपालना र उच्च प्रविधि प्रयोगमार्फत लगानीकर्तालाई छिटो तथा सरल सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजार विकासमा टेवा पुर्‍याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराइएको छ । भदौ १० देखि लगानीकर्ताले ब्रोकर खाता खोलेर कम्पनीबाट कारोबार गर्न सक्नेछन् ।

एघार संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ। बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ।

ब्रोकर नम्बर १३ लाई धितोपत्र बोर्डले गर्यो कारवाही

नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ लाई कारवाही गरेको छ । बोर्डले थ्राइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई नगद जरिवाना गरेको हो ।उक्त ब्रोकर कम्पनीले धितोपत्र बोर्डबाट अनुमति नलिई शाखा खोलेकोले बोर्डले कारवाही गरेको हो । बोर्डले कम्पनीलाई ५० हजार नगद जरिवाना गरेको छ । बोर्डका अनुसार ब्रोकर कम्पनीले तनहुँमा बिना अनुमति शाखा संचालनमा ल्याएको थियो। उक्त कम्पनीले तनहुँमा बिना अनुमति शाखा संचालन गरिरहेको छ भन्ने उजुरी परेपछि बोर्डले अनुगमन गरेको थियो । अनुगमनको क्रममा कम्पनीले बोर्ड नै राखेर डिम्याट खाता खोल्ने लगायतका विभिन्न कार्य गरिरहेको पाईएकोले कारवाही गरिएको बोर्डले जनाएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु.५०,०००।– (पचास हजार रुपैयाँ मात्र) जरिवाना गरिएको बोर्डले जनाएको छ । बोर्डले भनेको छ 'धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको । धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि.ले नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।'

नागरिक स्टक डिलरलाई कारोबार गर्न बोर्डले दियो अनुमति

९ माघ, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन […]

मर्चेन्ट बैंकरको परामर्श दिन अनुमति

नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) सञ्चालनको लागि अनुमति प्रदान गरेको छ । नयाँ बानेश्वर मुख्य कार्यालय रहेको सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाललाई बोर्डले मर्चेन्ट बैंकरको रुपमा संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्रदान गरेको हो ।संस्थाले पुँजी निर्माण तथा संगठित संस्थाको संरचना हेरफेर, व्यावसायिक योजना निर्माण, लोन […]

स्वतन्त्र र सक्षम कि बैंकिङ ब्रोकरेज ?

दुई पक्षबीच सम्झौता वा कारोबार गराउन सहजीकर्ताका रूपमा कार्य गर्ने प्रतिनिधिलाई दलाल र अंग्रेजीमा ब्रोकर भनिन्छ । ग्राहक वा लगानीकर्ताका तर्फबाट धितोपत्र कारोबार गर्ने यस्ता प्रतिनिधिलाई ‘कारोबार सदस्य’ वा ‘धितोपत्र दलाल’ पनि भनिन्छ । अन्य प्रकारका दलाली र धितोपत्र दलालीमा तात्विक अन्तर छ । बजार सञ्चालक (स्टक एक्सचेन्ज) ले तोकिएको योग्यता पुगेका आवेदकको तोकिएको परीक्षा लिई दलाल छनोट गर्छ र चाहिएको भन्दा २५ प्रतिशत बढी संख्यामा दलाल अनुमतिपत्रका लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गर्छ । यसरी अनुमतिपत्र प्राप्त दलालले मात्र एक्सचेन्जको कारोबार प्रणालीमा आबद्ध भएर ग्राहकका लागि खरिद वा बिक्री गर्न सक्छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति पाएका ५० दलाल संस्था छन् । त्यसैले धितोपत्र दलाली कानुनतः अनुमतिपत्र प्राप्त विशिष्टीकृत व्यवसाय हो ।

माछापुछ्रे क्यापिटलले अनुमति पायो

चेम्बर भवन, जमल, काठमाडौंमा मुख्य कार्यालय रहेको माछापुछ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।

माछापुच्छ्रे क्यापिटलले पायो प्रत्याभूति तथा परामर्श सेवाको अनुमति

८ माघ, काठमाडौं । चेम्बर भवन, जमल, काठमाण्डौमा मुख्य कार्यालय रहेको माछापुच्छे« क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त …

एघार संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ ।