नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो ।अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । अन्तिम दिनमा सार्वजनिक विदा परेमा भोलिपल्ट कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डल