धितोपत्र बोर्ड, सञ्चालक र इन्साइडर ट्रेडिङ

धितोपत्र बोर्डको वेबसाइटभित्र बोर्ड सञ्चालकको सूचीमा गएमा हामी धितोपत्र बोर्डका सञ्चालकहरूको नाम, फोटो र प्रतिनिधित्व पाउँछौं । अध्यक्ष कार्यकारी हुने भएकाले बोर्डका अध्यक्षका बारेमा धेरैलाई चासो भए पनि अन्य सञ्चालकका बारेमा पुँजीबजारले खासै चासो राखेको देखिँदैन । तर पनि धितोपत्र बोर्डका हरेक महŒवपूर्ण निर्णय सञ्चालक समितिले नै पारित गर्ने गर्छ, चाहे नयाँ निर्देशिका होस् वा […]

सम्बन्धित सामग्री

कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमाथि सेबोनले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबारमाथि अनुसन्धान थालेको छ । यस बैंकको शेयर ‘इन्साइडर ट्रेडिङ’ भएको आशंकामा अनुसन्धान थालिएको हो । गत मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसकै भोलिपल्ट (बुधबार) यस बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । समस्याउन्मुख कम्पनीको शेयर मूल्यमा सकारात्मक […]

गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न बोर्डलाई उच्च अदालत पाटनको आदेश

काठमाडौं । उच्च अदालत पाटनले रिडी पावर कम्पनीका निवर्तमान अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई ७५ हजार रूपैयाँ जरिवाना गराउने नेपाल धितोपत्र बोर्ड (SEBON)को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उच्च अदालत पाटनले चैत २१ गते न्यौपानेलाई ७५ हजार रूपैयाँ जरिवाना तिराउने आदेश कार्यान्वयन नगर्न धितोपत्र बोर्डको नाममा आदेश दिएको हो ।  उच्च अदालतका न्यायधीशद्वय श्यामजी प्रधान र किरणकुमार पोखरेलको संयुक्त इजलाशले यस मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई ७५ हजार रूपैयाँ जरिवाना तिराउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा विपक्षी नेपाल धितोपत्र बोर्डबाट मिति २०७९ साल पुस २४ गते भएको निर्णयउपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५३ बमोजिम प्रस्तुत पुनरावेदनमा अन्तिम किनारा नभएसम्म उक्त निर्णयको कार्यान्वयन गर्न नमिल्ने हुँदा निवेदनको मागबमोजिम विपक्षी बोर्डबाट भएको उक्त निर्णय हाल कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरूलाई जानकारी गराउनुहोला ।’ धितोपत्र बोर्डले पुस २४ गते गुरु न्यौपानेलाई ७५ हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार न्यौपानेलाई कारबाहीको निर्णय गरेको थियो । उक्त उपदफामा ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरूको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजार रूपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भन्ने उल्लेख छ । कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने व्यवस्था धितोपत्र ऐनले गरेको छ । न्यौपानेले बोर्डविरुद्ध दायर गरेको मुद्दा भने उच्च अदालत पाटनमा विचाराधीन नै छ । त्यस्तै बोर्डले न्यौपानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा मुद्दा दर्ता गरेको छ । चैत ८ गते बुधबार सरकारी जिल्ला वकीलको कार्यालयले न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो ।  रिडी पावर कम्पनी लिमिटेड (Ridi Power Company Limited) का तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेले उक्त कम्पनीको शेयर (Share) निज सो पदमा बहाल रहँदाकै बखत मिति २०७७ साल चैत १९ गतेदेखि २०७८ साल साउन २४ गतेसम्म खरीदविक्री गरेको बोर्डको ठहर छ । उक्त विषयमा तहकिकात गर्दा निजले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकोले मुद्दा दर्ता गरिएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेलाई कारबाही गर्न हुने भयो थप अनुसन्धान

काठमाडौं । इन्साइडर ट्रेडिङ र अवैध शेयर खरिदबिक्रीको आरोप लागेका नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरु न्यौपानेलाई कारबाही गर्न थप अनुसन्धान हुने भएको छ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले प्रधान र न्यौपानेलाई कारबाही गर्नुअघि अनुसन्धान गर्न ४ सदस्यीय छुट्टाछुट्टै कमिटी गठन गरेको छ । प्रधानको […]

विदेशी कम्पनीसँग साझेदारी गरेर नेप्सेको पुनर्संरचना आवश्यक: सीईओ कार्की

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले  विदेशी कम्पनीसँग साझेदारी गरेर नेप्सेको पुनर्संरचना गरिने बताएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको पुँजी बजार सम्बन्धी छलफलमा उनले नेप्सेको पुनर्संरचना आवश्यक रहेकोले विदेशी कम्पनी समेत भित्राएर नेप्सेको पुनर्संरचना गरिने बताएका हुन् ।उनले  सेयर बजारमा अर्धन्यायिक निकाय आवश्यक रहेको पनि बताएका छन् ।  स-साना विषय समाधानको लागि पनि अदालत पुग्नु परको भन्दै उनले अर्धन्यायिक निकाय आवश्यक रहेको बताएका हुन् । त्यस्तै उनले नेप्सेको सिस्टम अपग्रेड गर्नु पर्ने पनि बताएका छन्। उनले एनआरएन फण्डलाई ल्याउनको लागि नीतिगत सुधार आवश्यक रहेको पनि बताएका छन्  ।अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड र नेप्सेका प्रमुखहरुलाई बोलाएर पुँजीबजारबार  छलफल गरेका हुन् । छलफलमा मन्त्री शर्माले पुँजीबजारमा इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ आफुलाई मान्य नहुने बताएका छन्। अर्थ मन्त्रलायमा औओजित पुँजीबजार सम्बन्धी छलफल कार्यक्रममा मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज नेप्से र नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वलाई निर्देशन दिदै सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प मान्य नहुने बताएका हुन् । उनले बजारमा सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प भई नै रहेको भन्दै यसलाई रोक्न निर्देशन दिएका हुन्। उनले पुँजीबजारलाई उत्पादन मुलुक र पूर्वाधारको क्षेत्रको लागि पुँजी जुटाउने थलोको रुपमा विकास गर्न पनि भनेका छन् ।  आफुलाई बजारबारे धेरै उजुरी र गुनासो आउने गरेको भन्दै उनले आफ्नो कामबाट नै त्यसको जवाफ दिनको लागि नेप्से र बोर्डका नेतृत्वलाई निर्देशन दिएका छन् ।  उनले बजारमा गर्नु पर्ने थुप्रै काम बाँकि रहेको भन्दै समय तालिका सहितको योजना बनाएर पेश गर्न भनेका छन् ।  त्यसको लागि मन्त्रालयले गर्नु पर्ने सबै सहजीकरण गर्ने उनको भनाई थियो ।  यस अघिको नेतृत्वलाई गलत काम गरेकोले हटाउन परेको उल्लेख गर्दै उनले कोहिप्रति प्रभावित नहुनको लागि सचेत गराएका छन् ।

सेटिङ मिलाएर सेयर कारोबार भइरहेको छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको सेयरबजारमा सेटिङ मिलाएर कारोबार भइरहेको दाबी गरेका छन् । पूँजी बजारबारे बुधबार (आज) मन्त्रालयमा भइरहेको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गरेका हुन् । ‘सेटिङमा सेयर कारोबार भइरहेको छ,  कसरी गर्छन् भन्ने पनि थाहा भइसक्यो’ अर्थमन्त्री शर्माले भने, ‘यी समस्या समाधान गर्न धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त नेतृत्वले ध्यान देओस् ।’ आजैबाट पूँजीबजा

धनी बन्ने सूत्र

अहिले सबैलाई रातारात धनी बन्नु छ । जान्नेहरूले त कमाइरहेकै छन् । नदी, बगर, खोलामाथि नै सही सपनाका महल पनि ठड्याइरहेकै छन् । यो लेखक जस्ता नजान्नेहरू चैं समुन्नतिका किनारामा बसेर अरूको प्रगतिको महलमुनि थुक निलेर हेरिरहेका छन् । आफूले नजाने पनि धेरै धन कमाएकाहरूसँग संगत गर्दा गर्दै छिट्टै धनी बन्ने केही सूत्र भने फेला पारेको छु, तपाईंलाई पनि सुटुक्क भन्छु है ! सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । विना लगानी रातारात नाम र दाम कमाउने सबैभन्दा सजिलो पेशा चैं लाजनीति सरी राजनीति नै हो । यसमा केवल एउटा खुवी भए पुग्छ– त्यो हो सपना बेच्ने । तपाईं जति ठूलो सपना बेच्न सक्नुहुन्छ, त्यति नै ठूलो पदमा पुग्न सक्नुहुन्छ । अनि जति ठूलो पदमा पुग्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनु हुन्छ । त्यसैले त टोले गुण्डाहरू अलिकति पैसा कमाएपछि थप कमाउन जसरी पनि राजनीतिमा छिर्छन् र पद हात पार्छन् । नत्र अर्बपति समेत राजनीतिमै छिर्न मरिहत्ते किन गर्थे त ? आफ्ना रगतमा राजनीति छैन भन्ने लाग्छ भने व्यापारमा पनि अपार पैसा हुन्छ है ! तर यसका लागि धन्धा गर्न जान्नुपर्छ । नत्र सरकार, राजस्वका कर्मचारी त मोटाउलान्, तर तपाईंको ढुकुटी चाहिँ मोटाउँदैन है ! त्यसैले व्यापारमा मालामाल हुनु छ भने विदेशबाट सुन मगाउनुस्, सुपारी झिकाउनुस् या पाम आयल आयात गर्नुस् । त्यो यहाँ आएपछि त्यसमा ‘मेड इन नेपाल’को ट्याग झुन्ड्याउन नबिर्सनुस् । अनि त्यसमा यति र उति भ्यालू एडिसन भएको भनेर लेबल पनि टाँस्नुस् र सरकारबाट छूट फुत्काउनुस् । अनि बेच्नुस् भारतमा । अन्य छिमेकी देशमा बेच्न त भारतको असल मित्रताले बाटो नै दिँदैन । यूरोप, अमेरिकातिर बेच्न चैं गुणस्तरको कुरा ल्याउँछन् गोरा मोराहरूले । हैन, काँ यो व्यापार स्यापारमा लाग्नु भन्नुहुन्छ भने घरजग्गामा लाग्नोस् । जग्गामा लगानी गर्ने पैसा छैन भने पनि चिन्ता नलिनोस् । दलाली शुरू गर्नोस् । दलाली भन्ने शब्दसँग नझस्कनोस् । किनकि यहाँ पाए र भ्याएसम्म मै हूँ भन्नेले पनि जग्गा दलाली गरेर कमिशन कुम्ल्याउन बाँकी राख्दैनन् । छोराले बाबुसँग पनि दलाली भाग खाने युगमा अरू के कुरा गर्नु ? ‘पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ’ भन्छन् । यहाँ को र कुन काममा छैन दलाली ? अझ विदेशीका पैसामा खुलेका वा चलेका कतिपय मिडिया वा पार्टी नामधारी कतिपय पसलभित्र निहारेर हेर्नुस् त, त्यहाँभित्र के के देखिन्छ । त्यसैले होला हाम्रा बाउबाजेले सकेदेखि माटोमा पैसा खन्याउनू, उम्रन्छ भन्थे । सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । तर जसलाई समात्न हिँडेको हो, आवेशमा ऊभन्दा छिटो कुद्न खोज्दा आफै लड्न नि बेर लाग्दैन है ! तपाईं भन्नुहोला कृषिप्रधान देश, जहाँ १५० मुलुकबाट वर्षमा झन्डै ४ खर्बको खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ, त्याँ जग्गा जमिन प्लटिङ गर्दै बेच्नु त ठीक होइन । हेर्नुस्, उद्देश्य त जसरी पनि पैसै कमाउनु न हो । जमिनमा तरकारी, खाद्यान्न फलाउन मल, बीउ, पानी छैन । काम गर्नेहरू सबै जवानी बेच्न मुग्लानतिर पसिसके, थप खुट्टा उचालेर बसेका छन् । अनि कसले गर्ने खेती ? बरु प्लटिङ गर्‍यो बेच्यो । विदेश जान ५ लाखमा जग्गा बेच्यो र पछि पैसा कमाएपछि त्यस्तै जग्गा २५ लाखमा किन्यो । यस्तो पो त तरिका । सरकारलाई राजस्व आउने, किन्ने, बेच्ने र बिचौलियाले टकाटक नगद पाउने व्यापार गर्न छाडेर केको खेती गर्ने नि ! तरकारी–सरकारी त त्यै जग्गा बेचेको पैसाले किनेर खाए भैहाल्छ नि । त्यसो भए सरकारले वर्षौंदेखि कृषिमा दिइरहेको अनुदान, सहुलियत ऋण कहाँ गयो भन्नुहोला । यी अनुदान, छूट सबै चुनावी रेल हुन्, जुन पटरी नबिछ्याइकनै चल्छन् । यसबाट कुनै कृषि रेल कुदाउनु नै छैन । अँ, पैसा कमाउने यसमा पनि काइदा रहेछ । झोलामै खोल्नोस् झोले कृषि कम्पनी, आफ्ना परिवारका सबै सदस्यको नाम शेयर होल्डरमा राखेर । लिनोस् बैंकबाट सस्तो ब्याजमा ऋण । सरकारी अनुदान पनि पाउन सक्नुहुन्छ । त्यै पैसा लगेर राख्नोस् कुनै सहकारीमा । बैंक पनि खुशी, तपाईं पनि खुशी । कृषिमा पनि जाँगर चल्दैन भने नेपालमा शेयर बजार जत्तिको सुरक्षित र भरपर्दो लगानीको क्षेत्र अन्त कतै छैन है ! घरै बसी कुटुकुटु नगद झर्ने । २–४ हजारमै बजारमा छिर्न सकिने, खल्तीमा सुको छैन भने पनि बैंकले मार्र्जिनमा लगानी गर्दिने । अझ आईपीओ चिट्ठा परे तुरुन्तै २ को शेयर कमसेकम ४ मा बेच्न सकिने । आफ्ना लगानी डुब्न लाग्यो भने एउटा लगानीकर्ताको समूह बनाउने र ‘हाम्रो लगानी सुरक्षित गर’ भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने । सडकमै धर्ना दिने । सरकारी हाकिमहरू तपाईंको लगानी सुरक्षित गर्न सधैं तम्तयार भैहाल्छन् र पर्‍यो भने नीति परिवर्तनदेखि बोली परिवर्तन गर्नसम्म तुरुन्तै भ्याइहाल्छन् । त्यसैले त हिजोआज कम्पनीले आफ्नो उत्पादन वा सेवा बेचेर भन्दा बढी नाफा ऋण बेचेर वा शेयर बेचेर कमाउँछन् । नत्र अहिलेसम्म टाट पल्टिएको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेका झन्डै ३० प्रतिशत हाइड्रोपावर कम्पनीहरू शेयर बजारमा अझै पावरफुल कसरी रहिरहन सक्थे होला र ? कसरी ‘इन्साइडर ट्रेडिङ’ भन्ने नबुझेका सोझा लगानीकर्तालाई ‘फुल’ बनाइरहन सक्थे होला र ? हैन यो पूँजीबजारको बारेमा ज्ञान, रुचि छैन भने सकेदेखि एउटा म्यानपावर एजेन्सी खोल्नोस् र बेरोजगार युवालाई विदेश पठाउनतिर लाग्नोस् । हाम्रा हरेक श्रममन्त्री र राजदूतसमेत त्यै व्यापारमा लागेका छन् । देशका अस्पतालहरूमा नर्सहरूको अभाव छ । तर श्रममन्त्रीले १० हजार नर्स त बेलायतै निर्यात गर्ने रे । आखिर व्यापार त व्यापारै हो । अहिलेका श्रममन्त्री त आफै व्यापारी पनि हुन क्यारे । बेच्न रामै्र जानेका छन् । कथं म्यानपावरको लाइसेन्स फुत्काउन सक्नुभएन भने आफै लाग्नोस् कुनै देशतिर । देशमा रोजगारी, व्यापार नभएर के भा छ र ? मलेसियामा सेक्युरिटी गार्ड बन्न वा कोरियातिर कुखुरै काट्न गए पनि भो । महिनामा १–२ लाख त कमाइहालिन्छ क्यारे ! गएकाहरु त्यसै भन्छन् । अरू केही गर्न सक्नुभएन भने ‘धनी बन्ने सूत्र’ भनेर एउटा किताब लेख्नुस् । किताब मारामार बिक्छ । अनि बनिँदैन त छिट्टै धनी । कसो ?