किसान लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन, मूल्य कति ?

साउन ८, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्नका लागि असार २९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता रू. १२५ मा रू. १६ करोड २२ लाख ८२ हजार ४३६ दशमलव २५ बराबरको एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।  विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजार रहेको छ । एफपीओ निष्कासन गरेपछि उक्त पूँजी रू. ५२ करोड २६ लाख पुग्नेछ ।  कम्पनीले सूचीकृत नभएका कम्पनीले गाभे पश्चात शेयर संरचना  मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको हो । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।  कम्पनीले निष्कासन गर्ने एफपीओलाई केयर रेटिङ नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सम्बन्धित सामग्री

मिर्मिरे लघुवित्तको एफपीओ बिहीवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ ः ३० बजे एफपीओ बाँडफाँट गर्ने भएको हो  ।  अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । जसअनुसार एफफपीओमा अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको छ । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।  कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डले असोज ४ गते कम्पनीलाई एफपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्कासन गरेको हो ।

के हो एफपीओ ? मिर्मिरे लघुवित्तले किन एफपीओ जारी गरेको हो

काठमाडौं । धितोपत्र बजारमा आज अर्थात असोज २५ गते देखि एक कम्पनीको एफपीओ विक्री खुलो भएको छ । धैरे जसो पुरानो लगानीकर्ताहरुलाई एफपीओ भनेको के हो भन्ने थाहा होला तर पछिल्लो समय भित्रिएका नयाँ लगानीकर्ताहरुलाई भने यसका बारेमा थाहा नहुन सक्छ । मिर्मिरे  लघुवित्तले अंंकित मूल्यमै एफपीओ निष्कासन गरेको होे । पछिल्लो समय लगातार विभिन्न क्षेत्रका कम्पनीहरुको आईपीओ निष्कासन भइरहेको छ । यस बिचमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज देखि एफपीओ विक्री खुला गरेको छ । कतिपय लगानीकर्ताले एफपीओ भनेको के हो ? यो दोस्रो बजारमा कति मूल्यमा कारोबार हुन्छ भन्ने जस्ता प्रश्न गरिरहेको छन् ।  कुनै पनि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात आईपीओ जारी गरे पश्चात सूचीकरण भैसकेको संगठित संस्थाले पुँजी वृद्धि गर्नु परेमा धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न सक्छ र यसलाईनै एफपीओ भनिन्छ ।  यो निष्कासन गर्नका मुख्य कारण संगठित संस्थाले आफ्नो व्यवसाय वृद्धि वा विस्तार गर्न नै हो ।   यसोत कतिपयले भने सूचीकृत कम्पनीको कूल चुक्ता पुँजीको ७० प्रतिशत संस्थापक शेयरधनीको र ३० प्रतिशत सर्वसाधारण शेयरधनीको हुने प्रावधान रहेको हुनाले पनि उक्त अनुपात कायम नभएमा सो पुँजी कायम गर्न कम्पनीहरुले  एफपीओ निष्कासन गर्छन् । अंकित मूल्यमा प्रिमियम थप गरी कम्पनीले एफपीओ निष्कासन गर्ने गर्दछन् । मिर्मिरे लघुवित्तले पनि शेयर संमरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो ।   यस कम्पनीको संस्थापकतर्फ ७१ प्रतिशत र सर्वसाधारणतर्फ २९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्थाअनुसार एफपीओ जारी गर्न लागेको हो ।  बोर्डको प्रावधान अनुसार  एफपीओ निष्कासन गर्नका लागि कम्पनीले लगातार तीन वर्ष नाफा गरेको, कारोबार शुरु गरेको पाँच वर्ष पुरा भएको, औषतमा क्रेडिट रेटिङ राम्रो पाएको हुनुपर्छ ।   एफपीओका फाइदाहरू भन्नु पर्दा मुख्य रुपमा सूचीकृत कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि गर्न आवश्यक पुँजी प्राप्त गर्न सक्छन् । प्रिमियम सहितको मूल्यमा निष्कासन गर्दा प्रिमियम बापत प्राप्त रकम जगेडा कोषमा जाने र सोबाट भविस्यमा बोनस शेयर समेत दिन सक्छन् । एफपीओ मार्फत नयाँ शेयरधनीहरूको प्रवेश हुने र सूचीकृत कम्पनीको साखमा समेत अभिवृद्धि हुने अवस्था रहन्छ ।  यस मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज देखि अंकित मूल्यमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन तथा विक्री खुला गरेको छे । यस एफपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । एफपीओ निष्कासन बन्द मिती छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गते रहेको छ । आवेदकले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गसँगै धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो शेयर एप मार्फत पनि एफपीओमा आवेदन दिन सक्नेछन् ।

लघुवित्तहरु एफपीओ निष्कासनको पाइपलाइनमा, कसको कति एफपीओले पर्खँदैछन् अनुमति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डको थप सार्वजनिक निष्कासन (एफपीओ) पाइपलाइनका आजभोलि लघुवित्तहरु लामबद्ध देखिन थालेका छन्। किसान, नयाँ सारथी, मिर्मिरे र युनिक

किसान लघुवित्तद्वारा शेयरधनीलाई २५ % बोनस शेयर प्रस्ताव

माघ ३, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिव्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको थियो । पछि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकोे नाम परिवर्तन भई किसान लघुवित्त वित्तीय संस्था बनेको हो । उक्त कम्पनीले विभिन्न कम्पनीलाई गाभेका कारण शेयरधनीले बोनस शेयरमा लाग्ने कर भने छूट पाउने छन् । यो पनि हेर्नुस् : एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि किसान लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन, मूल्य कति ?

नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

असोज १७, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिशेयर ११६ रुपैयाँको दरले ३ लाख २९ हजार ६४९ कित्ता शेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको हो । कम्पनीले एफपीओ निष्कासनको लागि एनएमबि क्यापिटललाई विक्री प्रबन्धकमा चयन गरेको छ । साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछि नयाँ सारथी लघुवित्त बनेको हो । साविक सारथी लघुवित्तले मर्जमा जानु अगाडी आईपीओ निष्कासन नगरेकोले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना मिलाउन कम्पनीले  एफपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ ।  यसअघि किसान लघुवित्त वित्तीय संस्थाले पनि प्रतिशेयर १२५ रुपैयाँमा एफपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा दिइसकेको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता शेयर निष्कासन गर्न गत असार २९ गते बोर्डसमक्ष अनुमति मागेको  हो । यो पनि हेर्नुस् : किसान लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन, मूल्य कति ?