नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

असोज १७, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिशेयर ११६ रुपैयाँको दरले ३ लाख २९ हजार ६४९ कित्ता शेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको हो । कम्पनीले एफपीओ निष्कासनको लागि एनएमबि क्यापिटललाई विक्री प्रबन्धकमा चयन गरेको छ । साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछि नयाँ सारथी लघुवित्त बनेको हो । साविक सारथी लघुवित्तले मर्जमा जानु अगाडी आईपीओ निष्कासन नगरेकोले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना मिलाउन कम्पनीले  एफपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ ।  यसअघि किसान लघुवित्त वित्तीय संस्थाले पनि प्रतिशेयर १२५ रुपैयाँमा एफपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा दिइसकेको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता शेयर निष्कासन गर्न गत असार २९ गते बोर्डसमक्ष अनुमति मागेको  हो । यो पनि हेर्नुस् : किसान लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन, मूल्य कति ?

सम्बन्धित सामग्री

एफपीओ निष्कासनको आवेदन दिएका कम्पनीले किन पाएनन् सेबोनबाट स्वीकृति ?

काठमाडौं । एफपीओ निष्कासन गर्ने उद्देश्यले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवदेन दिएको लामो समय भइसक्दा पनि कम्पनीहरूले स्वीकृति पाएका छैनन् । पूँजी संरचना मिलाउन हालसम्म ६ लघुवित्त वित्तीय संस्थाले निवेदन दिइसकेका छन् । निवेदन दिनेमा किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था हुन् ।  एफपीओ निष्कासन गर्ने कम्पनीको धितोपत्र सार्वजनिक भएको तीन वर्ष पूरा भएको हुनुपर्छ । निवेदन दिएका कतिपय कम्पनीहरूको यो प्रावधान पूरा नभएकाले स्वीकृतिमा ढिलाइ भएको देखिन्छ । त्यस्तै एफपीओ निष्कासनका लागि कारोबार शुरू गरेको पाँच वर्ष पूरा गरेको हुनुपर्छ । निवेदकमध्ये कतिपय लघुवित्त कम्पनीले कारोबार शुरू गरेको पाँच वर्ष पुगेको छैन ।  ‘प्रावधान पूरा गरेका कम्पनीहरूले आवश्यक कागजात पेस गरेमा एफपीओ निष्कासनको स्वीकृति पाउँछन्,’ सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘लगातार तीन वर्ष नाफामा गएको, कारोबार शुरू गरेको पाँच वर्ष पूरा भएको तथा औसतमा क्रेडिट रेटिङ राम्रो पाएको कम्पनीले एफपीओ निष्कासन गर्न स्वीकृति पाउँछ ।’  निवेदन गर्ने ६ कम्पनीमध्ये किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा सबैभन्दा बढी १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासनका लागि निवेदन गरेको छ । कम्पनीले २०७८ असार २९ गते सेबोनमा निवेदन दिएको हो ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीले २०७८ कात्तिक २३ गते निवेदन दिएको हो । समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनका लागि २०७८ चैत २९ गते निवेदन दिएको हो ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ चैत २५ गते निवेदन दिएको हो ।  त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले २०७८ चैत १७ गते सेबोनमा निवेदन दिएको हो । सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई आवश्यक थप कागजात पेश गर्न फागुन २९ गते सुझाव पठाएको छ ।

६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् । यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् ।  एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्था  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था  यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था  यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था   यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड

पूँजी संरचना मिलाउन एफपीओ निष्कासन गर्दै तीन लघुवित्त

फागुन २६, काठमाडौं । पूँजी संरचना मिलाउन तीनओटा लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छन् । नेप्सेमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् ।  जसमा किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदन दिएका तीन कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछन् ।  तीन कम्पनीमध्ये सबैभन्दा बढी किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । यो कम्पनीले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि बोर्डमा गत असार २९ गते निवेदन दिएको हो । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।  त्यसैगरी नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा  ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  त्यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशलमव ८ मा ५१ हजार ३१६  कित्ता एफपीओ निष्कासन गर्न कात्तिक २३ गते निवेदन दिएको छ । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।

दोस्रो त्रैमासमा नयाँ सारथी लघुवित्तको नाफा ९.५ % ले घट्यो

माघ २६, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे ९ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ११ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ४ करोड ६३ लाखमा झरेको हो ।  त्यसैगरी सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३६ करोड २ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. ७ करोड ७५ लाख धनात्मक भएको छ ।  खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ११ करोड ६१ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १३ करोड २८ लाख पुगेको छ ।   कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख रहेको छ भने जगेडामा रू.२७ करोड ७५ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.२ अर्ब ६७ करोड सापटि लिएर, रू.९३ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब ४ करोड कर्जा लगानी गरेको छ ।  उक्त अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ३४(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३८ दशमलव २२,तरलता अनुपात ३ दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ८६ रहेको छ ।  यो पनि हेर्नुस् : नयाँ सारथी लघुवित्तले कमायो ६५ लाख ५० हजार नाफा नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

एफपिओ निष्कासन गर्ने तयारीमा रहेको नयाँ सारथी लघुवित्तको वित्तीय अवस्था :

माघ ३, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ प्रतिकित्ता रू. ११६ मा निष्कासन गर्ने तयारीमा रहेको छ ।  उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख ५४ हजार रहेको छ । एफपीओ निष्कासन पछि पूँजी रू. २९ करोड ३१ लाख भन्दा बढी पुग्नेछ ।  कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ६५ लाख ५० हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ९ प्रतिशत घटेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६७ लाख ४८ हजार नाफा कमाएको थियो ।  त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. २८ करोड २६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ९ लाख धनात्मक भएको हो ।  कम्पनीले जगेडामा रू. २३ करोड ७७ लाख सञ्चित गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ७० करोड ७० लाख सापटि लिएर,रू. ८६ करोड ९३ लाख ७३ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ८८ करोड ४७ लाख ३९ हजार कर्जा लगानी गरेको हो ।  त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव २८ वार्षिकिकरण, तरलता अनुपात ५ दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २७ रहेको छ ।                                                        स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण

एफपीओ निष्कासन गर्ने तयारीमा रहेको नयाँ सारथी लघुवित्तको वित्तीय अवस्था :

मंसिर २०, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।  कम्पनीले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ प्रतिकित्ता रू. ११६ मा निष्कासन गर्ने तयारी गरिरहेको छ ।  एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछ ।  कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ६५ लाख ५० हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ९ प्रतिशत घटेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६७ लाख ४८ हजार नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ ।  त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. २८ करोड २६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ९ लाख धनात्मक भएको हो ।  कम्पनीको चुक्तापूँजी रू.२५ करोड ४९ लाख ५४ हजार रहेको छ भने जगेडामा रू. २३ करोड ७७ लाख सञ्चित रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ७० करोड ७० लाख सापटि लिएर,रू. ८६ करोड ९३ लाख ७३ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ८८ करोड ४७ लाख ३९ हजार कर्जा लगानी गरेको हो । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.१० दशमलव २८.वार्षिकिकरण, तरलता अनुपात ५ दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २७ रहेको छ ।

३ ओटा लघुवित्त कम्पनी १६ लाख ७९ हजार कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा

मंसिर ३, काठमाडौं । तीन ओटा लघुवित्त वित्तीय संस्था १६ लाख ७९ हजार २२४ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डका अनुसार किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले उक्त एफपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन । ती तीन ओटै कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र ती कम्पनीहरुले एफपीओ निष्कासन गर्नेछन् । तीन ओटा कम्पनीहरु मध्ये सबैभन्दा बढी किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने छ । उक्त कम्पनीले एफपीओ निष्कासन गर्नका लागि गत असार २९ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात  एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाबाट कारोबार गर्दै आएको छ । त्यसैगरी नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय  संस्थाले एफपीओ निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी मिर्मिरे लघुवित्तले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत कात्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नु पर्ने कानूनी प्रावधान भएकाले ती तीन ओटा कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।