काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता एक सय रूपैयाँ मूल्यका ४६ हजार ७३० कित्ता एफपीओ निष्कासन गर्न भदौ १८ गते सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि मात्रै एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट कम्पनीले सर्वसाधारणबाट थप ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँ रकम उठाउनेछ ।
कम्पनीले हाल कायम संस्थापकतर्फको ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणतर्फको २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पु¥याउन एफपीओ निष्कासन गर्न लागेको हो ।