नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा भएको नियुक्तिमा आपत्ति जनाउँदै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले विधि र प्रक्रिया मिचेर धिरज प्रताप सिंहलाई आईजीपी पदमा नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् ।रिटमा पोखरेलले आफू ज्येष्ठता/वरिष्ठता, अध्ययन, तालिम, पुरस्कार, विभूषण, चुनौतीपूर्ण र विशेष जिम्मेवारी निर्वाह र कार्य सम्पादन मूल्याङ्कन समेतका दृष्टिले म निवेदकलाई नेपाल सरकार मन्त्रिपरिषद्ले प्