प्रहरी महानिरीक्षक नियुक्तिको विषयलाई लिएर एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सतिषकृष्ण खरेल र हरिहर दाहाल, अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेका छन् । यस्तै, महादेव प्रसाद यादव,, ललित बस्नेत, माधव बस्नेत, सानुराजा पोखरेल, सुनिल पोखरेल, पूर्णमान शाक्य लगायतका कानुन व्यवसायीले पनि बहसमा भाग